बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०८०
|
|
२६ पटक हेरिएको
Shares
बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने

सारांश

  • मकवानपुर ।
  • बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते अपराह्न २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
  • बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते अपराह्न २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

उनका अनुसार, यही जेठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श समितिको बैठक बसेर आगामी असार १ गते प्रस्तुत हुने सरकारको बजेट सम्बन्धमा कार्यसूची तयार गरिने जानकारी दिए ।

सभाको बैठक गत जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि सभामुख भुवनकुमार पाठकले स्थगित गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?