नक्कली शरणार्थी प्रकरण : फरार प्रतिवादी पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०८०
|
|
३७ पटक हेरिएको
Shares
नक्कली शरणार्थी प्रकरण : फरार प्रतिवादी पक्राउ

सारांश

  • काठमाडौँ ।
  • नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।

काठमाडौँ । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।

गिरोहले सङ्कलन गरेको रकम उनको खातामा समेत आएको देखिएको प्रहरी उपरीक्षक रिजालले बताए । सोही आधारमा जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको मुद्दामा उनी फरार सूचीमा थिए ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशले पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने दुईजना लक्ष्मी महर्जन र टङ्क गुरुङलाई जनही रु पाँच र १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनीहरूविरुद्ध ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, कीर्तेलगायत पाँच मुद्दा चलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चैत १० देखि भोजपुर गोल्डकप
चैत १० देखि भोजपुर गोल्डकप
मुलुकभर वर्षा, केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
नेपालमा लिइने IELTS को प्रश्नपत्र आउट: बिक्री गर्ने पक्राउ
नेपालमा लिइने IELTS को प्रश्नपत्र आउट: बिक्री गर्ने पक्राउ
सरकारलाई निरंकुश बन्न उक्साइँदै, आलोचना गर्ने कर्मचारीलाई यस्तो हुँदैछ कारवाही
सरकारलाई निरंकुश बन्न उक्साइँदै, आलोचना गर्ने कर्मचारीलाई यस्तो हुँदैछ कारवाही
क्रिकेटको नयाँ कप्तान रोहित
क्रिकेटको नयाँ कप्तान रोहित
प्रचण्डका छोरा प्रकाशलाई सम्झिइँदै, खुमलटारमा स्मृतिसभा हुने
प्रचण्डका छोरा प्रकाशलाई सम्झिइँदै, खुमलटारमा स्मृतिसभा हुने
गैरिगाउँ हत्या प्रकरणः प्रहरीद्वारा संलग्न व्यक्ति सार्वजनिक
गैरिगाउँ हत्या प्रकरणः प्रहरीद्वारा संलग्न व्यक्ति सार्वजनिक
रोल्पामा आफैले चलाएको बन्दुकको गोली लागेर एक युवाको मृत्यु
रोल्पामा आफैले चलाएको बन्दुकको गोली लागेर एक युवाको मृत्यु
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना

तपाईंले छुटाउनुभयो कि?