३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
४३ पटक हेरिएको
Shares
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो

सारांश

  • काठमाडौं, २० जेठ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय वैठकले तल्लो तहका संगठनलाई समायोजनका लागि खाका तयार पारेको छ ।
  •  तीन महिना भित्र प्रदेश, जिल्ला र स्थानीय तहको कमिटी बन्नेगरी खाका तयार पारेको हो ।
  • साविकका एमाले र माओवादी केन्द्रका जनवर्गीय संगठनलाई प्रदेश र गाउँ कमिटीसम्म समायोजन गर्नका लागि खाका तयार गरिएको हो ।

काठमाडौं, २० जेठ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय वैठकले तल्लो तहका संगठनलाई समायोजनका लागि खाका तयार पारेको छ । तीन महिना भित्र प्रदेश, जिल्ला र स्थानीय तहको कमिटी बन्नेगरी खाका तयार पारेको हो ।

साविकका एमाले र माओवादी केन्द्रका जनवर्गीय संगठनलाई प्रदेश र गाउँ कमिटीसम्म समायोजन गर्नका लागि खाका तयार गरिएको हो । सचिवालयले समायोजनाको खाका सहित ३ महिनाभित्र सबै तल्ला कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रियाको काम गरिसक्न अन्तरपार्टी निर्देशन दिइसकेको छ ।

प्रदेश, जिल्ला, स्थानीय कमिटीमा एकता गरी कमिटी बनाउन अध्यक्ष, सचिव र सदस्यहरु रहने व्यवस्था गरिएको छ । प्रदेश कमिटीमा कम्तिमा १५१ जना, जिल्ला कमिटीमा कम्तिमा ७५ सदस्यीय हुने गरी व्यवस्था गरिएको छ । 

सचिवालयले तयार गरेको मापदण्डमा कमिटीमा कस्ता व्यक्ति ल्याउने भन्ने मापदण्ड समेत बनाएको छ । पार्टी र जनवर्गीय कमिटीको एकताका लागि सातवटै प्रदेशमा तत्कालीन एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई सदस्य रहने गरी कार्यदल गठन गरिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो
भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो
निर्मला पन्त प्रकरण: को हुन् शंकाको घेरामा रहेका सुरक्षाकर्मी ?
बम बनाउने सामाग्री सहित भारतिय नागरिक पक्राउ
बम बनाउने सामाग्री सहित भारतिय नागरिक पक्राउ
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
कांग्रेसले गरेको विकासबाट अधिनायकवादी त्रसित छन् – चन्द्र भण्डारी
कांग्रेसले गरेको विकासबाट अधिनायकवादी त्रसित छन् – चन्द्र भण्डारी
किम जोङ उनकाे विशेष विमान कस्तो छ?
किम जोङ उनकाे विशेष विमान कस्तो छ?
नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने
नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने
सर्लाहीमा प्रहरी विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए
अख्तियार प्रमुखलाई कारबाही गर्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी, काठमाडौंमा प्रदर्शन
अख्तियार प्रमुखलाई कारबाही गर्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी, काठमाडौंमा प्रदर्शन
दर्जनौं शिक्षक/शिक्षिका माओवादीमा प्रवेश
दर्जनौं शिक्षक/शिक्षिका माओवादीमा प्रवेश