कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०८०
|
|
२५ पटक हेरिएको
Shares
कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेकाे विश्वासको मत लिने प्रस्ताव बिहीबार निर्णयार्थ प्रस्तुत नगरी शुक्रबार प्रस्तुत गर्ने गरी बैठक स्थगित भएको छ।
  • बिहीबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरी छलफलसमेत सकिसकेको अवस्थामा मुख्यमन्त्री नै प्रदेश सभाबाट बाहिरिएपछि बिहीबार मुख्यमन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत नहुने अवस्था उत्पन्न भएको हो।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेकाे विश्वासको मत लिने प्रस्ताव बिहीबार निर्णयार्थ प्रस्तुत नगरी शुक्रबार प्रस्तुत गर्ने गरी बैठक स्थगित भएको छ।

बिहीबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरी छलफलसमेत सकिसकेको अवस्थामा मुख्यमन्त्री नै प्रदेश सभाबाट बाहिरिएपछि बिहीबार मुख्यमन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत नहुने अवस्था उत्पन्न भएको हो। प्रदेश सभा सचिवालयले प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने प्रस्तावसँगै निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन गरेको थियो तर बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस भएन।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेपछि दलका नेताहरू छलफलमा सहभागी भएका थिए। छलफका क्रममा मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखेपछि मत विभाजनको प्रक्रिया सुरु गर्नुअघि आधा घण्टाका लागि स्थगित गरिएको थियो। छलफलमा उठेका प्रश्नको जवाफ दिने र तथ्यांक तयारी गर्न भन्दै मुख्यमन्त्री साँझ ६ बजे प्रदेश सभाबाट बाहिरिएका थिए। त्यसपछि पटक पटक सूचना प्रकाशित गर्दै सरेको बैठक पुनः बस्न सकेन र राति अबेर सूचना टाँस गरेर शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै सबै दलसँग मत मागेका थिए। त्यस क्रममा उनले अहिलेको सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको र आफ्नो नेतृत्वको सरकारले विश्वासको मत नपाए कोशी प्रदेशमा अर्को कुनै सरकार बन्ने सम्भावनासमेत नरहेको दाबी गरेका थिए।

सरकारले चालु खर्चलाई उल्लेख्य रूपमा घटाएको, प्रदेश सरकारको दायित्व बढ्न नदिएको, सुशासन स्थापना गरेको र पाँच महिनाको अवधिमा सरकारले पाँच वर्षमा राख्न नसकेको प्रदेशको नाम राखेको कुरालाई सरकारको सफलताका रूपमा व्याख्या गरेका थिए।

कोशी प्रदेश सभाका कुल ९३ सदस्यमध्ये मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी ४६ जनाको समर्थन देखिएको छ। एक जना सांसद रहेको जनता समाजवादी पार्टी तटस्थ बस्दा विपक्षीतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार गरी ४६ मत नै देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अक्षय कुमार र रजनी कान्तको कडा टकराव, रोबट २ ‘टु पाेइन्ट अाे’ को टिजर सार्वजनिक  (भिडियो सहित)
अक्षय कुमार र रजनी कान्तको कडा टकराव, रोबट २ ‘टु पाेइन्ट अाे’ को टिजर सार्वजनिक (भिडियो सहित)
डाँका मुद्दामा निलम्बित डिएसपी कुमुद ढुंगानाको निलम्वन फुकुवा हुने
डाँका मुद्दामा निलम्बित डिएसपी कुमुद ढुंगानाको निलम्वन फुकुवा हुने
ERP Implementation Measurement
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण
तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण
संविधान संशोधन गर्ने सरकारको अन्तिम तयारीपछि यस्तो आयो एमालेको कडा प्रतिक्रिया
संविधान संशोधन गर्ने सरकारको अन्तिम तयारीपछि यस्तो आयो एमालेको कडा प्रतिक्रिया
‘TMKOC’ actor Kavi Kumar Azad cremated, friends and family bids teary adieu to the actor!
‘TMKOC’ actor Kavi Kumar Azad cremated, friends and family bids teary adieu to the actor!
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
सच्याइएको ः कोठामा मृत अवस्थामा फेला
सच्याइएको ः कोठामा मृत अवस्थामा फेला
१२३ घन्टा नाचेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल
१२३ घन्टा नाचेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल

तपाईंले छुटाउनुभयो कि?