मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०८०
|
|
२५ पटक हेरिएको
Shares
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन

सारांश

  • काठमाडौं ।
  • आज मंगलबार बिहान सोलुखुम्बुको लिखुपिकेमा हेलिकोप्टर दुर्घटना हुँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।
  • निधन भएका पाँचजना विदेशी नागरिक भएको खुलेको छ ।

काठमाडौं ।आज मंगलबार बिहान सोलुखुम्बुको लिखुपिकेमा हेलिकोप्टर दुर्घटना हुँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । निधन भएका पाँचजना विदेशी नागरिक भएको खुलेको छ ।

मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको निधन भएको थियो । निधन हुनेमध्ये पाँचजना मेक्सिकोका नागरिक थिए । प्रहरीको स्रोत अनुसार उनीहरु सबै एकै परिवारका भएको बताइएको छ ।

निधन भएका मेक्सिकन नागरिकहरु एभरेष्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्समार्फत खुम्बु क्षेत्रको अवलोकन गर्न गएका थिए । उनीहरु चढेको हेलिकोप्टर फर्कने क्रममा दुर्घटना भएको थियो ।

उनीहरु खुम्बु क्षेत्र अवलोकन गर्न आइतबार भारतको नयाँदिल्ली हुँदै काठमाडौं आएका थिए ।

मृत्यु हुने एकै परिवारका मेक्सिकोका नागरिकमा बाबु, आमा, दुई छोरी र एक छोरा रहेको पाण्डेले बताए । मृत्यु हुनेमा सिफुइन्तेस जी.फर्नान्डो, गोन्जालेज अब्रिक, गोन्जालेज ओलासिओ लुज, सिफुइन्तेस जी. मारिया जोस र रिनकोन इस्माअल रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री
प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री
विविध संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको छ : प्रम ओली
विविध संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको छ : प्रम ओली
विप्लव माओवादीको बन्द, ६५ भन्दा बढी कार्यकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी….
विप्लव माओवादीको बन्द, ६५ भन्दा बढी कार्यकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी….
प्रभावकारी देखिएन बजार अनुगमन, विगतकै निरन्तरता
प्रभावकारी देखिएन बजार अनुगमन, विगतकै निरन्तरता
Business Funding Choices For Small business owners
कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’
कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’
बबरमहलमा १७ तलाको सरकारी भवन बन्दै
बबरमहलमा १७ तलाको सरकारी भवन बन्दै
आज पृथ्वीजयन्ती ,सरकारले विदा  बिदा दिएता पनि  फिर्ता लिन जनजाति महासंघको दबाब
आज पृथ्वीजयन्ती ,सरकारले विदा बिदा दिएता पनि फिर्ता लिन जनजाति महासंघको दबाब
महिला-महिलाको विवाहलाई सर्वोच्चले मान्यता दिंदै यस्तो फैसला गर्यो
महिला-महिलाको विवाहलाई सर्वोच्चले मान्यता दिंदै यस्तो फैसला गर्यो
सरकारले तुरुन्त वार्ता समिति बनाएर डा. केसीको माग सम्बोधन गरोस् : गगन थापा
सरकारले तुरुन्त वार्ता समिति बनाएर डा. केसीको माग सम्बोधन गरोस् : गगन थापा

तपाईंले छुटाउनुभयो कि?