साउन १ गतेबाट आयातित वस्तुमा लेवल अनिवार्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
५३ पटक हेरिएको
Shares
साउन १ गतेबाट आयातित वस्तुमा लेवल अनिवार्य

सारांश

  • काठमाडौं।
  •  सरकारले आयातित सबै तयारी वस्तुमा आयातकर्ता र वितरकको विवरण खुल्नेगरी अनिवार्य रुपमा लेवल लगाउनु पर्ने व्यवस्था गरेको छ ।
  • बजारमा हुने नक्कली वस्तु विक्री वितरण रोक्न सरकारले साउन १ गतेबाट आयातित तयारी बस्तुमा आयातकर्ता र वितरकको सबै विवरण खुल्नेगरी लेवल लगाउनु पर्ने व्यवस्था अनिवार्य गरेको हो ।

काठमाडौं। सरकारले आयातित सबै तयारी वस्तुमा आयातकर्ता र वितरकको विवरण खुल्नेगरी अनिवार्य रुपमा लेवल लगाउनु पर्ने व्यवस्था गरेको छ ।

बजारमा हुने नक्कली वस्तु विक्री वितरण रोक्न सरकारले साउन १ गतेबाट आयातित तयारी बस्तुमा आयातकर्ता र वितरकको सबै विवरण खुल्नेगरी लेवल लगाउनु पर्ने व्यवस्था अनिवार्य गरेको हो ।

भन्सारबाट आयातित हुने वस्तुहरु नियमभित्र रहेर पारदर्शी रुपमा उपभोक्ता खरिद गर्न सकुन भन्ने उदेश्यका साथ आयातिय तयारी वस्तुहरुको प्याकिङमा लेवल अनिवार्य गरिएको भन्सार विभागको जनाएको छ ।

साथै बजार अनुगमनका क्रममा ब्रान्डेड कम्पनीका नाममा स्टीकर राखेर खरिद विक्री हुने गरेको पाइएपछि अनिवार्य रुपमा सबै विवरण खुल्नेगरी लेवल लगाउनु पर्ने व्यवस्था गरिएको विभागको भनाई छ ।

विभागका अनुसार साउन १ गतेपछि कोही कसैले लेवल नलगाई तयारी वस्तुहरु विक्री वितरण गरेको पाइएको उपभोक्ता संरक्षण ऐन २०७५ अनुरुप कार्वावाही हुने वा ती सबै वस्तु जफत गर्ने कानुनी व्यवस्था रहेको छ ।

विभागले आर्थिक विद्येयक २०८० अनुरुप आयातित सबै वस्तुमा लेवल अनिवार्य लगाउनु पर्ने व्यवस्था गरेको जनाएको छ । यसअघि खाद्यान्न अन्र्तगतका वस्तु तथा औषधीहरुमा मात्र लेवल लगाउनु पर्ने व्यवस्था रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
नौ वर्षपछि जयराम पुल सञ्चालन, बल्ल खुल्यो खोटाङमा समृद्धिको बाटो
नौ वर्षपछि जयराम पुल सञ्चालन, बल्ल खुल्यो खोटाङमा समृद्धिको बाटो
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
बालेन विरूद्ध खनिए महेश बस्नेत
बालेन विरूद्ध खनिए महेश बस्नेत
राष्ट्रियसभा निर्वाचनमा भाग लिन कुन कुन दल दर्ता भए ?
राष्ट्रियसभा निर्वाचनमा भाग लिन कुन कुन दल दर्ता भए ?
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
भ्रष्टाचार अन्त्य गर्दै शैक्षिक क्षेत्रको विकास गर्नुपर्छ : धमला
भ्रष्टाचार अन्त्य गर्दै शैक्षिक क्षेत्रको विकास गर्नुपर्छ : धमला
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”
प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?
प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?