आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २, २०८०
|
|
२७ पटक हेरिएको
Shares
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने

सारांश

  • काठमाडौं।
  • हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
  • मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। साथै थोरै भू-भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

(https://www.sweetfixbaker.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने
ओखलढुङगामा अम्मिरबाबु अगाडि
ओखलढुङगामा अम्मिरबाबु अगाडि
जेठ २५ गते आइतबारको राशिफल यस्तो छ
जेठ २५ गते आइतबारको राशिफल यस्तो छ
भारतको सारनाथमा सम्राट अशोक दिवस सम्पन्न, नेपालका तपस्सी धम्म प्रमुख अतिथि
भारतको सारनाथमा सम्राट अशोक दिवस सम्पन्न, नेपालका तपस्सी धम्म प्रमुख अतिथि
अमेरिका र चीनबीचको सहमतिसँगै एसीयाली अर्थ बजारमा सुधार
अमेरिका र चीनबीचको सहमतिसँगै एसीयाली अर्थ बजारमा सुधार
नेपाली कांग्रेश टोखा नगरकि महिला नेतृ रजनि थापा बाढीपीडित को उद्दार र राहत बितरणमा खटिदै ;
नेपाली कांग्रेश टोखा नगरकि महिला नेतृ रजनि थापा बाढीपीडित को उद्दार र राहत बितरणमा खटिदै ;
विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण
विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण
किन पटक पटक भेट्न खाेज्दै छन् महन्थ ठाकुरले प्रधानमन्त्रीलाइ ?
किन पटक पटक भेट्न खाेज्दै छन् महन्थ ठाकुरले प्रधानमन्त्रीलाइ ?
‘सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा असर छैन’
‘सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा असर छैन’

तपाईंले छुटाउनुभयो कि?