प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ११, २०८०
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन् ।
  • इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन् ।

इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेका थिए ।

सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालनका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए ।

उनले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहाललाई रङ्गशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए ।

उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेषगरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरू हुने अधिकारीहरूले जानकारी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी
विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी
जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?
जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
सीमा क्षेत्रमा भारतद्वारा एकतर्फि रुपमा सडक निर्माण !
सीमा क्षेत्रमा भारतद्वारा एकतर्फि रुपमा सडक निर्माण !
संसद बिघटन र मध्यावधि चुनाव घोषणा यसरी रोकियो
भारतीय नागरिकद्वारा शरीरमा आगो लगाएर आत्महत्या
भारतीय नागरिकद्वारा शरीरमा आगो लगाएर आत्महत्या
जब चिनियाँ राजदूत यान्छी नेपाली गीतमा नाचिन् (भिडियो सहित)
जब चिनियाँ राजदूत यान्छी नेपाली गीतमा नाचिन् (भिडियो सहित)
यस्तो बेला बढी सेक्स चाहान्छन् महिलाहरु
यस्तो बेला बढी सेक्स चाहान्छन् महिलाहरु
वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ
वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ

तपाईंले छुटाउनुभयो कि?