बाढी पहिरोमा अहिलेसम्म ११६ को मृत्यु, ४२ जना बेपत्ता
सारांश
- काठमाडौं ।
- शुक्रवारदेखि परेको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्लामा आएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ भने ४२ वेपत्ता छन् ।
- गृहमन्त्रालयका अनुसार घाइते हुनेहरुमा ४१ जना रहेका छन् ।
काठमाडौं । शुक्रवारदेखि परेको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्लामा आएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ भने ४२ वेपत्ता छन् ।
गृहमन्त्रालयका अनुसार घाइते हुनेहरुमा ४१ जना रहेका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहको छ ।
त्यस्तै घर क्षति ७७ हजार दुई सय ३५, पशु चौपाय एक हजार १०, संरचना क्षति २८, घर डुबान ४० हजार दुई सय १० र विस्थापित घर परिवार एक लाख दुई सय ७५ रहेको मनत्रालयको तथ्यांकमा उल्लेख रहेको छ ।
बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मीसहित झण्डै २७ हजार जनशक्ति खटिएका छन् ।
सोमबारबाट राहत वितरण सुरु भएको छ । बाढी तथा डुवान प्रभावित तराई मधेसका १२ जिल्लामा त्रिपाल, कम्वल, म्याट्रेसका साथै चिउरा, बिस्कुट, चाउचाउ, भुजा, पानीका साथै जीवनजल, सिटामोल समेत वितरण गरिएको छ ।
प्रतिक्रिया