बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३१, २०८०
|
|
२८ पटक हेरिएको
Shares
बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा

सारांश

  • काठमाडौँ ।
  • वैदेशिक रोजगार विभागले स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ ।
  • सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी विज्ञापन गर्दै राहदानी सङ्कलन गरेको भेटिएपछि विभागले क्यापिटल रिक्रुरमेन्ट सर्भिस प्रालि र इगल मेनवापर कन्सल्ट्यान्ट प्रालिलाई आज रु दुई लाख जरिवाना गरेको हो ।

काठमाडौँ । वैदेशिक रोजगार विभागले स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ ।

सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी विज्ञापन गर्दै राहदानी सङ्कलन गरेको भेटिएपछि विभागले क्यापिटल रिक्रुरमेन्ट सर्भिस प्रालि र इगल मेनवापर कन्सल्ट्यान्ट प्रालिलाई आज रु दुई लाख जरिवाना गरेको हो ।

वैदेशिक रोजगारसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल (फेसबुक, टिकटक)मा प्रकाशन गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने सुयान एजुकेशन प्रालि र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरको स्थलगत अनुगमन गरी अनुसन्धान भइरहेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।

विभागले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोधसमेत गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको आकर्षक विज्ञापन गरी नागरिक ठगिनेक्रम बढेको विभागको भनाइ छ । विभागले कानुनविपरीत हुनेगरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्नसमेत ध्यानाकर्षण गराएको छ ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?