‘मायावी’ मा अभिनेत्री करिश्मा श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०८०
|
|
५२ पटक हेरिएको
Shares
‘मायावी’ मा अभिनेत्री करिश्मा श्रेष्ठ

सारांश

  • काठमाडौं।
  • निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ।
  • यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन्।

काठमाडौं। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ। यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन्।

यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेको अवस्थामा निर्माण पक्षले करिश्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको हो। यसअघि नवनायकका रुपमा ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खान अनुबन्धित भइसकेका छन्।

फिल्म ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले यो फिल्मपछि ‘लभ सब’ र ‘बाबु कान्छा’मा अभिनय गरेकी छिन्। त्यसयता कुनै पनि फिल्ममा अभिनय नगरेकी करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन्।

यही फिल्ममार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन्। निर्देशक भट्टराई स्वयंको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो।

फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ। फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ। फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिम नेपालमा उखरमाउलो गर्मी, मनसुन फैलिन अझै केही दिन लाग्ने
पश्चिम नेपालमा उखरमाउलो गर्मी, मनसुन फैलिन अझै केही दिन लाग्ने
गाउँपालिकाको मासिक आम्दानी रु एककरोडभन्दा बढी
गाउँपालिकाको मासिक आम्दानी रु एककरोडभन्दा बढी
कामु प्रधानन्यायाधीशद्वारा आफ्नो प्रमाणपत्रको निष्पक्ष र स्वतन्त्र छानविनको माग
कामु प्रधानन्यायाधीशद्वारा आफ्नो प्रमाणपत्रको निष्पक्ष र स्वतन्त्र छानविनको माग
नेपाल लाइफ इन्स्योरेन्का थप २ अनलाइन सेवा
नेपाल लाइफ इन्स्योरेन्का थप २ अनलाइन सेवा
सिके राउतसहित चारजना पक्राउ, नाराबाजी र प्रहरीसँग झडप
सिके राउतसहित चारजना पक्राउ, नाराबाजी र प्रहरीसँग झडप
महिला भलिबल : नेपाल भारतसँग पराजित
महिला भलिबल : नेपाल भारतसँग पराजित
बारामा हावा हुरीका कारण झण्डै दुई दर्जनको मृत्यु
बारामा हावा हुरीका कारण झण्डै दुई दर्जनको मृत्यु
स्पाइडरम्यान र हल्कका पिता स्ट्यान लीको निधन
स्पाइडरम्यान र हल्कका पिता स्ट्यान लीको निधन
प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष छोड्नुपर्छ
मर्यादित पत्रकारिताका नाममा मिडियामाथि हुने कुनै पनि नियन्त्रण अमान्य: पोख्रेल
मर्यादित पत्रकारिताका नाममा मिडियामाथि हुने कुनै पनि नियन्त्रण अमान्य: पोख्रेल