शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०८०
|
|
२८ पटक हेरिएको
Shares
शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ ।
  • अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छलफलमा सो पार्टीका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतका सांसद उपस्थित थिए ।

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छलफलमा सो पार्टीका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतका सांसद उपस्थित थिए ।

छलफलमा नेपाल शिक्षक महासङ्घ र घटक संस्था, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन), सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपाललायतका संस्थाका प्रमुख र प्रतिनिधि पनि सहभागी थिए ।

प्रमुख सचेतक लेखकले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो ।

राहत शिक्षकहरु भने अहिले पनि आन्दोलनमै छन् । सो विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने अब बस्ने संसद्को बैठकमा प्रस्तुत हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
स्थानीय तहबाटै श्रम स्वीकृति
स्थानीय तहबाटै श्रम स्वीकृति
काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन: मन्त्री यादव
काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन: मन्त्री यादव
सरोज खनाल र दीपाश्रीको फेसबुक ह्याक, पैसा माग्दै ह्याकर
सरोज खनाल र दीपाश्रीको फेसबुक ह्याक, पैसा माग्दै ह्याकर
प्रहरीको गोली लागि घाइते भएका को उपचार सरकार ले गर्ने:गृहमन्त्री थापा
प्रहरीको गोली लागि घाइते भएका को उपचार सरकार ले गर्ने:गृहमन्त्री थापा
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
उम्मेदवारी दर्ता उल्लासपूर्ण, ६६ सय पदमा १८ हजार भिड्दै,
उम्मेदवारी दर्ता उल्लासपूर्ण, ६६ सय पदमा १८ हजार भिड्दै,
चिनियाँ रेल कसरी नेपाल आउँछ र कति लागत लाग्छ ?
चिनियाँ रेल कसरी नेपाल आउँछ र कति लागत लाग्छ ?
हाम्रो खेलकुदले सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने
हाम्रो खेलकुदले सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने
रबि लामिछाने र निकिताको बिहे आज नगरकोटमा हुँदै
रबि लामिछाने र निकिताको बिहे आज नगरकोटमा हुँदै

तपाईंले छुटाउनुभयो कि?