ललिता निवास प्रकरण : माधव र बाबुराममाथि मुद्दा नचलाएको विषयमा सरकारसँग लिखित जवाफ माग

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०८०
|
|
२८ पटक हेरिएको
Shares
ललिता निवास प्रकरण : माधव र बाबुराममाथि मुद्दा नचलाएको विषयमा सरकारसँग लिखित जवाफ माग

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।
  • न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाउ आदेश गरेको हो ।

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाउ आदेश गरेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

अदालतले यसअघि दर्ता भएको दुईवटा रिट निवेदनलाई साथै राखी पेस गर्न आदेश गरेको छ । रिट निवेदनमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध पूरक अभियोग दर्ता गर्न आदेश दिनुपर्ने माग गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Blast kills 22 near China factory in Olympic city
Blast kills 22 near China factory in Olympic city
तनुश्री भन्छिन, मलाई पानीमा विष मिसाएर मार्न खाेजियाे
तनुश्री भन्छिन, मलाई पानीमा विष मिसाएर मार्न खाेजियाे
चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय
चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय
अध्यादेशमार्फत विकृतिहरू हटाएका छौ: प्रधानमन्त्री वालेन्द्र शाह
अध्यादेशमार्फत विकृतिहरू हटाएका छौ: प्रधानमन्त्री वालेन्द्र शाह
प्रधानमन्त्री ओलीले सिंगापुरको उपचार खर्च आफैले व्यहोर्ने
प्रधानमन्त्री ओलीले सिंगापुरको उपचार खर्च आफैले व्यहोर्ने
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
सांसदहरूद्वारा शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न माग
इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?
इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?
पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिक कोरोना भाइरसबाट सङ्क्रमित
पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिक कोरोना भाइरसबाट सङ्क्रमित
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण
मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

तपाईंले छुटाउनुभयो कि?