इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०८०
|
|
२६ पटक हेरिएको
Shares
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

सारांश

  • काठमाडौं।
  • इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ।
  • उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो।

काठमाडौं। इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ। उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए।

उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए।

“इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन्। जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गरेकार्नुभएकोमा दुई सय ५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ,” मन्त्री साउदले भने।

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए। यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको मन्त्री साउदले जानकारी दिए। “आक्रमणमा परी सम्पर्कबिहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ”, उनले भने, “यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौं।”

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए। “कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ। त्यसैले उनीहरुको परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्न म अनुरोध गर्दछु”, उनले भने।

हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुटेका नेपालीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ।

परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकको उद्धार गर्न साथ दिइ ऐक्यवद्धता जनाउने सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरु, इजरायल सरकार तथा नेपाल सरकार, इजरायलको नेपालस्थित राजदूतावास र नेपालको इजरायलस्थित राजदूतावास जस्ता निकायहरु र विमान चालकदलका सदस्यलाई पनि धन्यवाद दिएका छन्।

आजै उद्धार गरी नेपाल ल्याइएका नागरिकहरुलाई विभिन्न गन्तव्यमा पुर्‍याउनका लागि विमानस्थलमा नेपाल प्रहरी तीन वटा बसहरु तयारी अवस्थामा राखिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने
प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने
मन्त्री बन्न दौडधुप सुरु, कसको कति सम्भावना ?
मन्त्री बन्न दौडधुप सुरु, कसको कति सम्भावना ?
सरकार गठन र पार्टी एकता सँगसँगै- महासचिव पोखरेल
सरकार गठन र पार्टी एकता सँगसँगै- महासचिव पोखरेल
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
आजदेखि हुने कडा लकडाउनमा पास बिना चल्न पाउने सवारी र पास कसरी लिने ?
आजदेखि हुने कडा लकडाउनमा पास बिना चल्न पाउने सवारी र पास कसरी लिने ?
नेताको हत्यापछि आक्रामक बनेका विप्लवद्वारा घोषणा गरिएका कार्यक्रम यस्ता छन्
नेताको हत्यापछि आक्रामक बनेका विप्लवद्वारा घोषणा गरिएका कार्यक्रम यस्ता छन्
चलचित्र ‘तारेभीर’ को प्रचार–प्रसार व्यापक !
चलचित्र ‘तारेभीर’ को प्रचार–प्रसार व्यापक !
आज खण्डग्रास चन्द्रग्रहण, के गर्नु हुन्छ? के गर्नु हुँदैन?
आज खण्डग्रास चन्द्रग्रहण, के गर्नु हुन्छ? के गर्नु हुँदैन?
विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा
विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा
८४ विद्यालयको सहभागिता रहने कास्की प्यावसन मिट मंसिर १३ देखि
८४ विद्यालयको सहभागिता रहने कास्की प्यावसन मिट मंसिर १३ देखि

तपाईंले छुटाउनुभयो कि?