नवनियुक्त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको सपथ आइतबार हुने
सारांश
- काठमाडौं ।
- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको पद तथा गोपनियताको सपथ आइतबार हुने भएको छ ।
- आज बिहान आफ्ना पक्षमा हस्ताक्षर गरेका ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई सनाखत गराएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको पद तथा गोपनियताको सपथ आइतबार हुने भएको छ । आज बिहान आफ्ना पक्षमा हस्ताक्षर गरेका ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई सनाखत गराएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
अब उनलाई आइतबार दिउँसो ३ बजेभित्र शपथ गराउने तयारी रहेको बताइएको छ ।
सत्तागठबन्धनमा प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र)लाई दिने सहमति भए पनि कार्कीले कांग्रेसबाट आफूसहित ८ जना र नेकपा (एमाले)बाट ३९ जनासहित ४७ जनाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया