सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०८०
|
|
४४ पटक हेरिएको
Shares
सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते

सारांश

  • काठमाडौं ।
  • काभ्रेमा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
  • आज बिहान ६:४५ बजे जिल्लाको पनौती नगपरपालिका वडा नं ५ स्थित सुन्दरबस्तीमा काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा–प्र– ०३– ००१– ज०२९८ नं को इलेक्ट्रिक गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो ।

काठमाडौं । काभ्रेमा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आज बिहान ६:४५ बजे जिल्लाको पनौती नगपरपालिका वडा नं ५ स्थित सुन्दरबस्तीमा काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा–प्र– ०३– ००१– ज०२९८ नं को इलेक्ट्रिक गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोटरसाइकलाई ठक्कर दिई भाग्ने क्रमम इलेक्ट्रिक गाडी सोही स्थानको सडकको किनारको नालीमा खसेर दुर्घटना हुँदा गाडी सवार ३ जना र मोटरसाइकलमा सवार २ जना गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा घाइते ५ जनालाई उपचारका लागि जिल्ला स्थित धुलिखेल अस्पतालमा लगिएको थियो । घाइतेमध्ये गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ की २० वर्षीया रमिला बुढाथोकीलाई उपचारका क्रममा धुलिखेल अस्पतालले बिहान ७:३५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ की २३ वर्षीया पुष्पा तामाङ, लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बस्ने ५१ वर्षीय टंकप्रसाद दाहाल, मोटरसाइकलमा सवार इलाम जिल्लाको थाकथुम गाउँपालिका वडा नं ३ का ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
सार्वजनिक यातायातको घट्यो भाडा, कुन ठाउँको भाडादर कति ?
सार्वजनिक यातायातको घट्यो भाडा, कुन ठाउँको भाडादर कति ?
मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चरको पहिलो अडिसन काठमाडौमा
मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चरको पहिलो अडिसन काठमाडौमा
पेट्रोलियम पाइपलाइन निर्माण: भारत फास्ट ट्र्याकमा, नेपाल सुस्त
पेट्रोलियम पाइपलाइन निर्माण: भारत फास्ट ट्र्याकमा, नेपाल सुस्त
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरारको संकेत, आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार !
राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरारको संकेत, आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार !
जडीबुटी जाम हटाउन लेन थपिँदै
जडीबुटी जाम हटाउन लेन थपिँदै
साढे चौध किलोको एउटै काउली
साढे चौध किलोको एउटै काउली
नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम
नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम