नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०८०
|
|
२५ पटक हेरिएको
Shares
नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित

सारांश

  • काठमाडौं।
  • आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।
काठमाडौं। आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। ओपनर भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान दिए।
  त्यस्तै रोहित पौडेलले अविजित ३५ रन बनाए। उनले २४ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाएका हुन्। नेपालका अर्का ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ दशमलव १ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरेका थिए। आसिफले २७ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाएका हुन् । सिङ्गापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले समान एक, एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो। सिंगापुरका लागि युवा ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन्।
त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए। उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन्। मनप्रित सिंहले २४ तथा अक्षय पुरीले १३ रन जोडे। नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई, दुई विकेट लिए।
नेपालको दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्य रहेको छ। यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो। अब नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ। विभिन्न आठ टोली सहभागी उक्त प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा संयुक्तरुपमा आयोजना हुने टि २० विश्वकप खेल्न पाउनेछन्।
विश्वकपको एशिया छनोटअन्तर्गत समूह ए मा आयोजक नेपालसहित मलेसिया, सिंगापुर र ओमान छन्। त्यस्तै समूह बी मा युएई, हङकङ, बहराइन र कुवेत छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि !
भारतमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि !
पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध !
पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध !
टंकप्रसाद प्रतिष्ठानको अध्यक्षमा पुनः रिमाल, महासचिवमा डा.आचार्य
टंकप्रसाद प्रतिष्ठानको अध्यक्षमा पुनः रिमाल, महासचिवमा डा.आचार्य
किन बढ्यो सम्बन्ध विच्छेद गर्नेको संख्या ?
किन बढ्यो सम्बन्ध विच्छेद गर्नेको संख्या ?
प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगन
प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगन
गाउँपालिका, नगरपालिकामा पनि नेकपाको संसदीय दल
गाउँपालिका, नगरपालिकामा पनि नेकपाको संसदीय दल
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
उत्तेजना फैलाउने र संवैधानिक आयोगको मानमर्दन गरिएकोमा निर्वाचन आयोगको आपत्ति
उत्तेजना फैलाउने र संवैधानिक आयोगको मानमर्दन गरिएकोमा निर्वाचन आयोगको आपत्ति
थोत्रो मोटरसाईलमा कुदिरहन्छन् गाउँपालिकाका अध्यक्ष शेरबहादुर
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड

तपाईंले छुटाउनुभयो कि?