मुगु हत्या घटनाका अभियुक्त सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०८०
|
|
५४ पटक हेरिएको
Shares
मुगु हत्या घटनाका अभियुक्त सार्वजनिक

सारांश

  • सुर्खेत ।
  • मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
  • पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका–७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा–६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन्।

सुर्खेत । मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका–७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा–६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन्। उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।

शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट शुक्रबारै नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी प्रमुखले जनाएको छ। बोहरा हत्याको योजनाकार हुन्।

मृतकका श्रीमान् दीपक बोहरालाई राम्रो कमाइ गर्ने कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए। दीपकले सोही कुरा अस्वीकार गरेको रिसिईबीका कारण उनको परिवारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  हत्याको मुख्य योजनाकार गोपालले गोर्खराजलाई भेटी मृतकसँग १०/१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका थिए।

कात्तिक ५ गते सुर्खेतबाट हिँडेका गोर्खराज मुगु पुगेर कात्तिक ७ गते बोहरासँगै एक सामुदायिक विद्यालयमा लुकीछिपि बसेका थिए। ८ गते राति ९ बजे उनीहरू मृतकको घर पुगी ढोका खोल्न लगाइ खुकुरीले टाउको र घाँटीमा प्रहार गरेर श्रीदेवी बोहरासहित ४ जनाको हत्या गरेका थिए। मारिसकेपछि उनीहरूले मृतकसँग भएको १ थान मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी लुटपाट गरेका थिए।

घटनापछि कात्तिक ९ गते गोर्खराज मुगु र जुम्लाको सिमानासम्म पैदल हिँडेर सुर्खेततर्फ बसमा भागेका प्रहरी प्रहरीले जनाएको छ। कात्तिक ८ गते घरमै २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज‚ ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव फेला परेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हलिवुड निर्माता हार्भी वाइन्सटिन  बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग
औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग
राष्ट्रिय युवा संघको इञ्चार्जमा महेश बस्नेत, दिपशिखा सह-इञ्चार्ज
राष्ट्रिय युवा संघको इञ्चार्जमा महेश बस्नेत, दिपशिखा सह-इञ्चार्ज
भरतपुर प्रकरणमा  आज फैसला आउने सम्भावना…….
भरतपुर प्रकरणमा आज फैसला आउने सम्भावना…….
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
आजदेखि सरकारी कार्यालय ४ बजेसम्म खुल्ने
आजदेखि सरकारी कार्यालय ४ बजेसम्म खुल्ने
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
झापाका सात स्थानीय तहमा काँग्रेसका उम्मेदवार
झापाका सात स्थानीय तहमा काँग्रेसका उम्मेदवार
स्पेनका प्रधानमन्त्री सान्चेजद्धारा मन्त्रीपरिषद् विस्तार
स्पेनका प्रधानमन्त्री सान्चेजद्धारा मन्त्रीपरिषद् विस्तार
पाकिस्तानी अभिनेताले बिमानमा बम राखेको दाबी गरेपछि सिड्नीमा तनाव
पाकिस्तानी अभिनेताले बिमानमा बम राखेको दाबी गरेपछि सिड्नीमा तनाव