टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०८०
|
|
३३ पटक हेरिएको
Shares
टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित

सारांश

  • काठमाडौँ।
  • आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटको खेलमा जिम्बाबेले नामिबियासँग हार बेहोरेको छ ।
  •  अफ्रिका छनौटको पहिलो खेलमा नामिबियाले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको हो ।

काठमाडौँ। आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटको खेलमा जिम्बाबेले नामिबियासँग हार बेहोरेको छ । अफ्रिका छनौटको पहिलो खेलमा नामिबियाले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । अफ्रिका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा र तान्जानिया सहभागी रहेका छन् ।

अब जिम्बाबेले अर्को खेल आज तान्जानियासँग खेल्दै छ भने नामिबियाले शुक्रबार युगाण्डासँग खेल्दै छ ।   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?