नेवार समुदायले आज यःमरि पुन्हि मनाउँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०८०
|
|
२९ पटक हेरिएको
Shares
नेवार समुदायले आज यःमरि पुन्हि मनाउँदै

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ उपत्यका लगायत देशभरका नेवार समुदायले आज यःमरि पुन्हि मनाउँदै छन् ।
  • यःमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिकरूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ ।

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशभरका नेवार समुदायले आज यःमरि पुन्हि मनाउँदै छन् । यःमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिकरूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ ।

नयाँ धान कुटेर बनाएको चामलको पिठोलाई माछाको जस्तो स्वरूप बनाएर त्यसभित्र चाकु, तिल, खुवा राखेर पानीको बाफबाट यःमरि बनाइन्छ । यो तेल या अन्य चिल्लोपना नभएको परिकार स्वास्थ्यका हिसाबले हितकारी छ ।

यःमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठोभित्र तरकारी र मासुका किमा हालेर मःमः बनाएझैँ यःमरिलाई पनि पानीको बाफमा पकाउने गरिन्छ । यःमरिको त्रिकोणात्मक आकारलाई षट्कोणको अर्ध भागको रूपमा ज्ञानकी देवी सरस्वतीको प्रतिबिम्बको रूपमा लिने गरिन्छ ।

नेवार समुदायमा प्रचलित कथा अनुसार धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडिरहेको बेलामा उनलाई सत्कार स्वरूप यःमरि खान दिइएको र त्यसपछि कुवेरले प्रसन्न भएर धनधान्यले अपार हुने वरदान दिएको मानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?