स्रोत सुनिश्चित र वस्तुगत योजना आवश्यक : शिक्षामन्त्री राई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०८०
|
|
४३ पटक हेरिएको
Shares
स्रोत सुनिश्चित र वस्तुगत योजना आवश्यक : शिक्षामन्त्री राई

सारांश

  • काठमाडौं ।
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उपलब्ध हुने स्रोतको सुनिश्चिताका आधारमा वस्तुगत योजना बनाएर मात्र शैक्षिक कार्यक्रमअघि बढाइए तोकिएको समयमा त्यसको नतिजा प्राप्त गर्न सकिने धारणा राखेका छन् ।
  • प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उनले मुलुकमा आर्थिक अवस्था कमजोर रहेका बेला न्यूनतम खर्चमा आवश्यक संरचना मात्र निर्माण गर्ने कार्ययोजना अहिलेको आवश्यकता भएको बताए ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उपलब्ध हुने स्रोतको सुनिश्चिताका आधारमा वस्तुगत योजना बनाएर मात्र शैक्षिक कार्यक्रमअघि बढाइए तोकिएको समयमा त्यसको नतिजा प्राप्त गर्न सकिने धारणा राखेका छन् ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उनले मुलुकमा आर्थिक अवस्था कमजोर रहेका बेला न्यूनतम खर्चमा आवश्यक संरचना मात्र निर्माण गर्ने कार्ययोजना अहिलेको आवश्यकता भएको बताए । जाजरकोट भूकम्प प्रभावित क्षेत्रका विद्यालय सञ्चालनमा देखिएका चुनौती तथा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा उठेका प्रश्न र वास्तविकता जानकारी लिन समितिले आजको बैठकमा मन्त्री राई र सचिवलाई आमन्त्रण गरेको थियो ।

मन्त्री राईले भने, “शिक्षा क्षेत्रसँग सम्बन्धित सही तथ्य तथ्याङ्क प्राप्त गर्न समन्वय र सम्पर्क गर्ने सूचना प्रणालीको विकास गर्दैछ । शिक्षा क्षेत्रमा गर्नुपर्ने काम धेरै छन्, स्रोतसाधन काम छ, लगानी न्यून छ ।” कूल राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता भए पनि चालु आर्थिक वर्षमा ११ दशमलव २७ प्रतिशत विनियोजन भएको छ । राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने मन्त्री राईको भनाइ थियो ।

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले विसं २०७२ को भूकम्पपछि कुन ठाउँमा कस्तो संरचना बनाउनुपर्छ भन्ने आधारमा जाजरकोट रुकुम र बाजुरामा ढाँचामा अघि बढाउने भन्ने योजना रहेको जानकारी दिए । उनले भने, “त्यसैका आधारमा भूकम्प प्रभावित जिल्लाका विद्यालय निर्माण र पुनःनिर्माणका लागि अहिलेको मूल्यवृद्धिलाई हेर्दा रु छ अर्ब ८४ करोड लाग्ने अनुमान छ ।”

भूकम्प प्रभावित जिल्लाका भवन भत्कँदा करिब रु दुई अर्ब नौ करोड बराबरको भौतिक क्षति भएको बैठकमा जानकारी दिइयो । जाजरकोट भूकम्पबाट त्यस जिल्लाका पूर्णरुपमा तीन सय नौ विद्यालय भवन पूर्णक्षति भएको छ भने सात सय ५१ मा आंशिक क्षति भएको छ ।

आंशिक क्षति भएका भनिएका विद्यालयको पनि पूर्णरुपमा प्रबलीकरण गर्नुपर्ने अवस्थाले पूर्ण क्षति बराबरकै लागत लाग्न सक्ने मन्त्रालयले अनुमान गरेको छ । त्यस्तै रुकुम पश्चिममा एक सय पाँच विद्यालय पूर्ण क्षति भएको छ भने चार सय ७४ क्षति आंशिक भएको छ ।

बझाङ भूकम्पबाट त्यहाँ छ विद्यालय भवनमा पूर्ण क्षति भएको थियो भने ३७ वटा मा आंशिक क्षति पुगेको सो अवसरमा जानकारी दिइयो । त्यसैगरी बाजुरामा ५६ वटा विद्यालयमा आंशिक क्षति भएको थियो । भूकम्पछि केही समय विद्यालय सञ्चालन हुन नसकेको तथा हाल अस्थायी विद्यालय खडा गरी पढाइ सञ्चालनमा ल्याइएको सचिव अधिकारीले बताए ।

जाजरकोटमा दुई ९३ वटा संरचना बनाइएको पनि जानकारी दिइयो । सरकारले भूकम्प प्रभावित जिल्लाका २० हजार बालबालिकालाई पुग्ने पाठ्यपुस्तक छपाइ गरी पुनः उपलब्ध गराएको छ । नेपालको शिक्षा क्षेत्रको विकासमा राम्रै योगदान गरिरहेका विभिन्न आठ दातृ निकाय विद्यालयकेन्द्रित कार्यक्रम सहभागी विद्यालय पुनःनिर्माण गर्न सहयोग वचन प्राप्त भइरहेको बताइएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैंकले अनुदानका लागि दिएको रु ७५ करोड बाँकी बजेट विद्यालयको पुनःनिर्माणका लागि खर्च गरौँ भन्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइ सकिएको पनि जानकारी दिइयो ।

दातृ निकायबाट ऋणवापत प्राप्त अर्को रु डेढ अर्ब पनि यसमा खर्च गर्ने कि नगर्ने भन्नमो निक्र्र्यौल हुन बाँकी छ । विद्यालय पुनःनिर्माण गर्न सकिने करिब रु साढे तीन अर्ब रकमको सुनिश्चिता आफैँसँग रहेको पनि सचिव अधिकारीले बताए ।

बैठकमा सदस्यले शिक्षा मन्त्रालयसँग शीर्षक नखुलाइएका रकम र भूकम्पबाट प्रभावित विद्यार्थीको सङ्ख्याको विवरण माग गरे । उनीहरुले कैलालीमा प्रारम्भमा गेटा मेडिकल, त्यसपछि प्रतिष्ठान, र अस्पताल हुँदै अहिले विश्वविद्यालय स्थापनाको विषय उठेकाले सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका थिए ।

सरकारको कैलालीमा विश्वविद्यालयका भौतिक संरचनातर्फ कलेज पूर्वाधार निर्माण विकास समितिबाट साना र ठूला गरी ५३ संरचना निर्माण गरिसकेको छ । त्यसका लागि करिब रु छ अर्बभन्दा बढी लगानी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु
तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु
ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ !
ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ !
प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर
प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर
पूर्व राजा ज्ञानेन्द्रको तराई भ्रमण तालिका यस्तो छ
पूर्व राजा ज्ञानेन्द्रको तराई भ्रमण तालिका यस्तो छ
सर्पले टोक्दा एक महिलाको मृत्यु
राँगाको सिङबाट बाजा-एक महिने ‘गुँला पर्व’ शुरु
राँगाको सिङबाट बाजा-एक महिने ‘गुँला पर्व’ शुरु
४१ जनालाई जेल पठाउने मेनुकाको यस्तो माघे संक्रान्ति
४१ जनालाई जेल पठाउने मेनुकाको यस्तो माघे संक्रान्ति
जेठ ३ मा मात्रै सम्झिने दासढुङ्गा
जेठ ३ मा मात्रै सम्झिने दासढुङ्गा
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल