पोखरामा जारी ६४औं हप्ताको सफाई अभियान

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
पोखरामा जारी ६४औं हप्ताको सफाई अभियान

सारांश

  • पोखरामा जारी ६४औं हप्ताको सफाई अभियान वडा नं.
  • ३३ स्थित कालिकास्थान (बागमारा)मा उल्लेख्य सहभागिता सहित सम्पन्न भएको छ ।
  • अभियानको नेपाली सेनाका मेजर गोपाल पौडेलले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेका थिए ।

पोखरामा जारी ६४औं हप्ताको सफाई अभियान वडा नं. ३३ स्थित कालिकास्थान (बागमारा)मा उल्लेख्य सहभागिता सहित सम्पन्न भएको छ । अभियानको नेपाली सेनाका मेजर गोपाल पौडेलले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेका थिए ।

सफाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, घारिपाटन आमा समूह, महिला क्लब पोखरा, अभियान युवा क्लब पोखरा ५ जिरो किमी, नमुना आमा समूह तल्लो हेम्जा, सरस्वती टीका बहुमुखी क्याम्पस, बागमारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड,ताेरीचाैर टाेल विकास संस्था विभिन्न क्षेत्रका अभियन्ताहरु, स्थानियआमा समूह, टोल विकास संस्था, व्यापारिक समूह, स्थानिय जनप्रतिनिधि लगाएत वडावासीहरुले ऐक्यबद्धता जनाएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए ।

हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ संचालित यस पटकको सफाई अभियानमा झण्डै १० टन फोहोर मैला संकलन गरिएको छ । सरसफाई र राष्ट्रिय भावनाको सपथ गराएका वडा अध्यक्ष शिव प्रसाद आचार्यले कार्यक्रमको अन्त्यमा सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । ६५औं हप्ताको सफाई अभियान वडा नं. २ स्थित धार्मिक स्थल विध्यवासिनी मन्दिर परिसरमा हुने नागरिक समाज पोखराका राममोहन आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?