कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • बुनिया (कंगो), ४ भदौ ।
  • कंगोमा भीषण पहिरो गएको छ ।
  • त्यस पहिरोमा परी शनिबार सम्ममा कम्तीमा पनि २०० जनाको ज्यान गएको समाचार छ ।

बुनिया (कंगो), ४ भदौ । कंगोमा भीषण पहिरो गएको छ । त्यस पहिरोमा परी शनिबार सम्ममा कम्तीमा पनि २०० जनाको ज्यान गएको समाचार छ ।

गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो । शनिबार उक्त पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ ।

कंगोका उप गभर्नरले दिएको जानकारी अनुसार यहाँका तीन वटा गाउँमा बाढी र पहिरो आएको थियो र ती क्षेत्रमा भएको उद्धारको प्रयासपछि यति ठूलो संख्यामा शव भेटिएको थियो ।

कम्तीमा पनि १०० घरका नागरिकले उक्त पहिरोमा ज्यान गुमाएका छन् । अरु हजारौँ घर परिवार विस्थापित भएका छन् ।

एउटा पहाडै खसेर गाउँलाई पुरेको थियो । बिहीबार सो दुर्घटना भएपछि शनिबारसम्म पनि पहाड खस्ने क्रम रोकिएको छैन, तर उद्धारकर्मी घटनास्थलमा शनिबार मात्र पुग्न सकेका थिए ।

शनिबार अपराह्न संयुक्त राष्टसंघीय उद्धार अधिकारी पनि यहाँ पुगेका छन् । उनीहरुले सो गाउँ नै खतरमा रहेकाले सार्नुपर्ने सुझाव दिएका छन् ।

कंगोमा आन्तरिक द्वन्द्व तथा प्राकृतिक प्रकोपबाट ज्यान जाने नागरिकको संख्या बढ्दो रहेको छ । पछिल्लो समयमा यहाँ निकै धेरै नागरिकले ज्यान गुमाइरहेका बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?