विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०८१
|
|
३८ पटक हेरिएको
Shares
विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

सारांश

  • काठमाडौं।
  • जारी आईसीसी टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन्।
  • नेपाल क्रिकेट संघ (क्यान) ले सोमाबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो।

काठमाडौं। जारी आईसीसी टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमाबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो। टी-२० विश्वकपमा सहभागी सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्। वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ।

अरिकाले भिसा नदिएपछि रोकिएका उनी वैकल्पिक बाटोबाट वेस्ट इन्डिज गएकाे बताइएकाे छ। अमेरिकामा नेपालले खेल्ने दुई म्याच उनले गुमाए पनि वेस्ट इन्डिजमा उनले खेल्न पाउने भएका छन्।

‘जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं। सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ।

सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ । उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ ।

साथै, लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको जानकारी समेत गराइएको छ।

‘यस्ता अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नलागी, नेपाली क्रिकेटका शुभचिन्तक सबैले देखेको हाम्रो नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न यहाँको आफ्नो क्षमताले भ्याएसम्म स-साना भए पनि सकारात्मक टिप्पणीसहित प्रयास र पहल गरिदिनुहुने हार्दिक आह्वान गर्न चाहन्छौँ । नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई, व्यक्तिगत तथा राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन अनुरोध गर्दछौँ,’ सचिव पारस खड्काले विज्ञप्तिमा भनेका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धार्थ बैंकले ल्यायो ४०० रुपैयाँ क्यासब्याक योजना
सिद्धार्थ बैंकले ल्यायो ४०० रुपैयाँ क्यासब्याक योजना
फौजदारी न्याय प्रणाली अनुशिक्षण
फौजदारी न्याय प्रणाली अनुशिक्षण
संगठन सुदृढ नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष
रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याललाई
रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याललाई
चुनावमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रिहा
चुनावमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रिहा
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना, राष्ट्रसंघका महासचिवसम्म पुग्यो कुरा
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना, राष्ट्रसंघका महासचिवसम्म पुग्यो कुरा
विद्यालय पुनःनिर्माणमा जापानी अनुदान
विद्यालय पुनःनिर्माणमा जापानी अनुदान
धौलिगङ्गा बाँध पुनः खोलियो, सतर्कता अपनाउन आग्रह
धौलिगङ्गा बाँध पुनः खोलियो, सतर्कता अपनाउन आग्रह
१८ हजारको चिरफार गरेका एउटा बिरामि ! एलोपेथिक सम्भव नभएपछि आयुर्वेदिक पद्दति अपनाइदै
ब्लु फिल्म हेरिरहेका बेला आफ्नो लिंग आफैले काटेपछि…
ब्लु फिल्म हेरिरहेका बेला आफ्नो लिंग आफैले काटेपछि…

तपाईंले छुटाउनुभयो कि?