श्रमिकको काम र ज्यालाबारे सूचि तयार पार्न कार्यदल
सारांश
- काठमाडौं ।
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई काममा लगाउनेसम्बन्धी कामको सूची तयार गर्न कार्यदल गठन गरेको छ ।
- श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा गठित केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई काममा लगाउनेसम्बन्धी कामको सूची तयार गर्न कार्यदल गठन गरेको छ ।
श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा गठित केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि चन्द्रप्रसाद ढकाल, नेपाल श्रमिक आपूर्तिकर्ता संघका प्रतिनिधि रामेश्वर शाह, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका प्रतिनिधि विश्वनाथ प्याकुरेल र विज्ञका रुपमा अधिवक्ता रमेश बडाल छन् । कार्यदलले कार्यारम्भ गरेको मितिले सात दिनभित्र प्रतिवेदन बुझाउनेछ ।
बैठकले कार्यदलको सिफारिशका आधारमा श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई काममा लगाउन सकिने कामको सूची राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै बैठकले श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४, ट्रेड युनियन ऐन, २०४९ तथा बोनस ऐन २०३० लगायत ऐनमा भएका प्रावधानबीच आपसमा तादाम्यता मिलाउन ती ऐन संशोधन गर्न सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया