लामो समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरुको ‘कमब्याक’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २५, २०८१
|
|
१२१ पटक हेरिएको
Shares
लामो समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरुको ‘कमब्याक’

सारांश

  • काठमाडौं।
  • केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन्।
  • अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदैछन्।

काठमाडौं। केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन्।

अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदैछन्। कुनै समय यी अभिनेत्रीले धेरै नेपाली चलचित्रमा अभिनय गरेका थिए।

पछिल्लो समय एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री उप्रेतीले हालै ‘मोदिबेनी’ नामक चलचित्रमा अभिनय गरेकी छन्। यसपटकको चलचित्रमा उप्रेतीले मुख्य भूमिकामा अभिनय गरेकी छन्। विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढ्नाका साथै कथ्य शैलीमा परिवर्तन आएपछि उनी चलचित्रबाट टाढा रहेकी थिइन्।

अभिनेत्री उप्रेतीजस्तै एक दशकपछि पर्दामा देखिँदैछिन् , अभिनेत्री लम्साल । पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएकी अभिनेत्री लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्न लागेकी हुन्।

उनले छायांकन गर्न तयार गरिएको ‘सेट’मा फर्किदा महसुश भएको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने बताइन्। “अभिनयमा फर्किंदा नर्भस र उत्साहित छु। पहिलोपटक काम गरेजस्तो लागिरहेको छ। अहिलेको प्रस्तुतीकरण र कथ्य शैली फेरिएको कारण म त्यहीअनुरूप काम गरिरहेकी छु”, अभिनेत्री लम्सालले भनिन्, “मैले अभिनय छाडेकी होइन तर अमेरिकामा बसोबास गर्ने भएकाले निरन्तरता दिन नसकेकी हुँ ।” अब भने अभिनयलाई निरन्तरता दिने उनले बताइन् । यो शृङ्खला यसै वर्ष डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गरिनेछ।

यसै वर्ष प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री थापा झन्डै चौध वर्षपछि अभिनयमा फर्किएकी छन्। “पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । छोरा हुर्किएपछि काममा फर्किएकी हुँ। यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ। छायांकनको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन्”, अभिनेत्री थापाले भनिन्।

अभिनेत्री निरुता सिंहले पनि चलचित्र ‘दाल भात तरकारी’मार्फत अभिनयमा पुनरागमन गरेकी थिइन्। यद्यपि सिंह पनि अभिनेत्री थापा झैँ भारतमा बसोबास गर्ने भएकाले त्यसपछि अभिनयलाई निरन्तरता दिन सकेकी छैनन्।

यी अभिनेत्रीहरूले अभिनयमा ‘कमब्याक’ त गरे तर निरन्तरता हुन्छ वा हुँदैन भन्ने प्रश्नको जवाफ उनिहरूसँग पनि छैन। यसैगरी कुनैबेला धेरै नेपाली दर्शकले रुचाएझैँ फेरि त्यही अवस्था रहन्छ वा रहन्न भन्ने प्रश्न पनि अनुत्तरित नै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
गठबन्धनबाट सबैभन्दा बढी फाइदा काँग्रेसलाई छ : देउवा
गठबन्धनबाट सबैभन्दा बढी फाइदा काँग्रेसलाई छ : देउवा
प्रकाण्डलाई छोडेलगत्तै फेरि पक्राउ गर्यो प्रहरीले
प्रकाण्डलाई छोडेलगत्तै फेरि पक्राउ गर्यो प्रहरीले
गोरखा भूकम्प स्मृति दिवस मनाइँदै
गोरखा भूकम्प स्मृति दिवस मनाइँदै
माओवादी नेता बालकृष्ण ढुंगेल सातदाेबाटाेबाट पक्राउ
माओवादी नेता बालकृष्ण ढुंगेल सातदाेबाटाेबाट पक्राउ
सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस
सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस
जेलबाट रिहा भए केजरीवाल
जेलबाट रिहा भए केजरीवाल
आजबाट ट्राफिक नियममा कडाइ : लामो दूरीका बसहरु आजदेखि बसपार्कबाटै छुट्नुपर्ने…
आजबाट ट्राफिक नियममा कडाइ : लामो दूरीका बसहरु आजदेखि बसपार्कबाटै छुट्नुपर्ने…
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी

तपाईंले छुटाउनुभयो कि?