सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २९, २०८१
|
|
५५ पटक हेरिएको
Shares
सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै

सारांश

  • चितवन।
  • नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ।
  • नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गर्न थालेको हो।

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गर्न थालेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो। नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गए राति खोजीकार्य रोकिएको थियो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताए। उनले भने, “धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौं।” काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए।

काठमाडौंबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौंतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका प्रजिअ यादवले जानकारी दिए। उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
कारोना भाइरस संक्रमणबाट १५ सय ४० चिनीयाँ नागरिक सकुसल घर फर्के
कारोना भाइरस संक्रमणबाट १५ सय ४० चिनीयाँ नागरिक सकुसल घर फर्के
गठबन्धनका उम्मेदवारलाई पछि पार्दै दिनेश राई वडाध्यक्षमा पुनःनिर्वाचित
गठबन्धनका उम्मेदवारलाई पछि पार्दै दिनेश राई वडाध्यक्षमा पुनःनिर्वाचित
नयाँ वर्षको स्वागत गर्दै सिड्नीमा फायरवर्क आयोजना
नयाँ वर्षको स्वागत गर्दै सिड्नीमा फायरवर्क आयोजना
२४ दिन जनश्रमदान अनिवार्य
२४ दिन जनश्रमदान अनिवार्य
हेलिकप्टर दुर्घटनापछि उद्दारमा खटिनेलाई निशान
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
ललितपुर २ मा एमाले ९ हजार मतले अघि
ललितपुर २ मा एमाले ९ हजार मतले अघि
मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री
मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री
मेरो पहिलो प्राथमिकतामा भीमफेदी-काठमाडौं सुरुङमार्ग : मन्त्री फुयाँल
मेरो पहिलो प्राथमिकतामा भीमफेदी-काठमाडौं सुरुङमार्ग : मन्त्री फुयाँल