पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ५, २०७९
|
|
३८ पटक हेरिएको
Shares
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै

सारांश

  • काठमाडौँ ।
  • महाशिवरात्रिका अवसरमा काठमाडौँ आएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्ने भएका छन् ।
  • विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको मन्दिर हालै पशुपति क्षेत्र विकास कोषको सक्रियतामा पुनःनिर्माण भएको हो ।

काठमाडौँ । महाशिवरात्रिका अवसरमा काठमाडौँ आएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्ने भएका छन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको मन्दिर हालै पशुपति क्षेत्र विकास कोषको सक्रियतामा पुनःनिर्माण भएको हो । मन्दिर उद्घाटनपछि उनले प्रवचनसमेत गर्ने कार्यक्रम रहेको शङ्कराचार्य मठका मठाधीश डा रमणानन्द स्वामीले जानकारी दिए ।

कोषको निमन्त्रणमा महाशिवरात्रिमा विशिष्ट साधुका रूपमा बिहीबार राजधानी आएका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी शङ्कराचार्य मठमा प्रवचन गरेका थिए । प्रवचनका क्रममा वैदिक सनातन मतमा आधारित समाज निर्माणका लागि सबै लाग्नुपर्ने अवस्था आएको भन्दै शङ्कराचार्य निश्चलानन्द स्वामीले नेपालमा कल्याणकारी व्यवस्था हुनुपर्नेमा जोड दिए ।

नास्तिक मतका अनुयायी बढ्न थालेकाले आध्यात्मिक ज्ञानका लागि आफू नेपालमा प्रवचन गर्न आएको उल्लेख गर्दै उनले पृथ्वीको रचना भएदेखि नै वैदिक सनातन मतका आधारमा सृष्टि चलेको भनाइ राखे । आज साँझ शङ्कराचार्य निश्चलानन्द सरस्वतीले नेपाल–भारतमैत्री धर्मशालामा जिज्ञासुका प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​सिटिईभिटीद्वारा प्रवेश परीक्षा स्थगित, क्रान्तिकारीले माग्यो पदाधिकारीको राजिनामा
​सिटिईभिटीद्वारा प्रवेश परीक्षा स्थगित, क्रान्तिकारीले माग्यो पदाधिकारीको राजिनामा
ओली र प्रचण्ड फसादमा! आफ्ना नेताहरुलाई नयाँ पार्टीमा पद मिलाउन हम्मे
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश
सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
गुल्मी-२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित
गुल्मी-२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित
राजदेवी मन्दिरमा बलि दिने घटे
राजदेवी मन्दिरमा बलि दिने घटे
बाराको परवानीपुर गाउँपालिकामा राजपा विजयी
बाराको परवानीपुर गाउँपालिकामा राजपा विजयी
बिश्वकप अायोजना गर्दा के के फाईदा हुन्छ  रसियालाई ?
बिश्वकप अायोजना गर्दा के के फाईदा हुन्छ रसियालाई ?
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक