मेरो पहिलो प्राथमिकतामा भीमफेदी-काठमाडौं सुरुङमार्ग : मन्त्री फुयाँल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
५४ पटक हेरिएको
Shares
मेरो पहिलो प्राथमिकतामा भीमफेदी-काठमाडौं सुरुङमार्ग : मन्त्री फुयाँल

सारांश

  • मकवानपुर, ६ फागुन ।
  • वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंलाई जोड्ने भीमफेदी–काठमाडौं सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
  • मन्त्री फुयाँलले राससकर्मीसंँग कुरा गर्दै मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पारेको योजना पूरा गर्न आफू लागिपर्ने बताए ।

मकवानपुर, ६ फागुन । वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंलाई जोड्ने भीमफेदी–काठमाडौं सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

मन्त्री फुयाँलले राससकर्मीसंँग कुरा गर्दै मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पारेको योजना पूरा गर्न आफू लागिपर्ने बताए । उनले प्रदेशका १३ ओटा जिल्लाका ११९ ओटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताए ।

मन्त्री फुयाँलले भने–‘अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नेछु ।’ उनले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने बताए । कर्मचारी क्षेत्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

उनले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिबद्ध भएर अगाडि बढ्ने उल्लेख गरे । काठमाडौं जिल्ला क्षेत्र नम्बर–३ तथा प्रदेशसभा ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वा्िचत फुयाँल यसअघि संविधानसभा सदस्य थिए ।

नेकपा वाग्मती प्रदेशका प्रमुख सचेतकसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि मन्त्री बनेका हुन् । वि.सं. २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका फुयाँल २०४१ सालमा तत्कालीन एमालेको सदस्य भएका थिए ।

वि.सं. २०६५ सालमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यका रुपमा निर्वा्िचत भएका फुयाँल २०४९ र २०५४ सालमा काठमाडौंको आलापोट गाविसको अध्यक्ष, २०७० सालको संविधानसभाको चुनावमा निर्वा्िचत भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प
वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प
कोटेश्वर जाम चाँडै स्थायीरुपमै हट्ने
कोटेश्वर जाम चाँडै स्थायीरुपमै हट्ने
दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट
दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
बोलीमा लगाम नहुँदा भक्कानिँदै सरकारबाट बाहिरिए तामाङ
बोलीमा लगाम नहुँदा भक्कानिँदै सरकारबाट बाहिरिए तामाङ
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
काठमाडौंमा एकैदिन १६८ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन १६८ जना कोरोना संक्रमित थपिए
भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने
भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
संसदीय दलको नेता चुन्न कांग्रेसले चुनाव गर्ने, जित्लान् त देउवाले!
संसदीय दलको नेता चुन्न कांग्रेसले चुनाव गर्ने, जित्लान् त देउवाले!