धनराजकाे श्रीमतीसँग ‘सहकारी डिभोर्स’!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
५५ पटक हेरिएको
Shares
धनराजकाे श्रीमतीसँग ‘सहकारी डिभोर्स’!

सारांश

  • काठमाडौं।
  • सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरीक्षण गरेको छ।
  • निरीक्षणका क्रममा समितिका पदाधिकारीहरुले सो सहकारीका अध्यक्ष कुम्मराज गुरूङसँग छलफलसमेत गरेको छ।

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा समितिका पदाधिकारीहरुले सो सहकारीका अध्यक्ष कुम्मराज गुरूङसँग छलफलसमेत गरेको छ।

मितेरी सहकारी अहिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग जोडिएर चर्चामा छ। धनराजकी तत्कालीन श्रीमती ज्योति गुरुङ सो सहकारीको सञ्चालक थिइन्। धनराज र ज्योतिबीच २०७६ सालमै सम्बन्धविच्छेद भइसकेको छ। मितेरीबाट धनराज र उनकी तत्कालीन श्रीमती ज्योतिले १५ करोड अपचलन गरेको आरोप छ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीलगायत निरीक्षणमा गएका पदाधिकारीहरुले अध्यक्ष गुरुङसँग सो सहकारीबाट धनराज र ज्योतिले गरेको अपचलनको बारेमा प्रश्न गरेका थिए। मितेरीका अध्यक्ष कुम्मराजले धनराज र ज्योतिले हिनामिना गरेको रकम फिर्ता हुँदा सबै बचतकर्तालाई बचत फिर्ता गर्न सकिने बताए।

उनीहरुबीच ०७६ सालमै डिभोर्स भएको भनिए पनि धनराजले केही महिनाअघि आएर ज्योतिको केही ऋण तिरेको अध्यक्ष कुम्मराजले बताए। ‘धनराजले आएर तिरेको। धेरै भएको छैन, एक महिना जति भयो होला । डिभोर्सको कुरै नगर्नुस् । डिभोर्स भएकै होईन वास्तविक,’ कुम्मराज भन्छन्।

कुम्मराजले यसो भनेपछि समितिका एक सदस्यले ‘सहकारी डिभोर्स’ भनी टिप्पणी गर्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकास निर्माणमा सरकारको ध्यानाकर्षण
विकास निर्माणमा सरकारको ध्यानाकर्षण
२ करोड ५२ लाख नक्कली नोट: लुट निर्माता वाग्लेले स्विकार गरे !
२ करोड ५२ लाख नक्कली नोट: लुट निर्माता वाग्लेले स्विकार गरे !
गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प
गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प
अब पाँच डलरमै कोरोना परीक्षण, एक मिनेट मै रिपोर्ट
प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता आज
प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता आज
बजेट विश्लेषणः लोकप्रिय कार्यक्रम समेटेको सन्तुलित बजेट
बजेट विश्लेषणः लोकप्रिय कार्यक्रम समेटेको सन्तुलित बजेट
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ :  उपप्रधानमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
कांग्रेसभित्र पदाधिकारी मनोनयनमा किचलो
कांग्रेसभित्र पदाधिकारी मनोनयनमा किचलो
प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो
प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो
विद्युत्को समयानुकूल महसुल तय गर्ने तयारी
विद्युत्को समयानुकूल महसुल तय गर्ने तयारी