भिसा पाएपछि आजै अमेरिका जाँदै सन्दीप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
२८ पटक हेरिएको
Shares
भिसा पाएपछि आजै अमेरिका जाँदै सन्दीप

सारांश

  • काठमाडौं।
  • सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ।
  • नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिका तर्फ जाने जानकारी दिएको छ।

काठमाडौं। सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिका तर्फ जाने जानकारी दिएको छ।

नेपाल, स्कटल्याण्ड र अमेरिकाविच यहि अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा संचालन हुने त्रिदेशीय ओडिआई सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई अमेरिकी राजदुतावासबाट भिषा प्राप्त भएको व्यहोरा जानकारी गराउँद छौ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि पटक पटक प्रयास गर्दा पनि सन्दीपले भिसा पाएका थिएनन् । क्यानडामा भएको विश्व कप लिग टु को सिरिज खेलेर सन्दीप दशै अघि स्वदेश फर्केका थिए।

अमेरिकामा यही कार्तिक ९ बाट १९ गतेसम्म त्रिकोणात्मक सिरिज आयोजना हुदैछ । सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?