बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
५४ पटक हेरिएको
Shares
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने

सारांश

  • काठमाडौँ ।
  • नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ।
  • गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो।

काठमाडौँ । नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ। गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो। भारतबाट स्वीकृति आएसँगै शुक्रबार बंगलादेशलाई बिजुली बिक्री गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिएका छन्।

नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ। सोहि अनुसार नेपालले यस वर्ष शुक्रबार एक दिन मात्रै बंगलादेशलाई बिजुली बेच्दैछ। त्यसपछि बंगलादेशलाई बिजुली बेच्न अर्को वर्ष कुर्नु पर्नेछ। नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ।

बंगलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुनेछ। कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ। प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ।

गत असोज १७ मै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भए पनि भारतको स्वीकृति नआएकाले ढिलाई भएको थियो। सम्झौता हुँदा यसैवर्ष एक दिन भए पनि बिजुली बिक्री गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए। सोहिअनुसार बिजुली बिक्री गर्न लागेको हो। ६ वर्षको गृहकार्यपछि भएको नेपाल र बंगलादेश विद्युत् बिक्री सम्झौता(पीएसए) कार्यान्वयनमा आउने भएको छ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायककम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्ने जनाएको छ। नेपालले डलरमा विद्युत् बिक्री गर्न लागेको पहिलो पटक हो। नेपालले हाल भारतसँग भने भारतीय रुपैयाँमै कारोबार गर्दै आएको छ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ। त्यसका लागि विद्युत्‌को मिटर मुजफ्फरपुरमा रहनेछ। त्यसैले ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्नुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने
सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् : पूर्वप्रधानमन्त्री नेपाल
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् : पूर्वप्रधानमन्त्री नेपाल
धरानमा बस दुर्घटना चार जनाको मृत्यु
धरानमा बस दुर्घटना चार जनाको मृत्यु
काममा फर्किएका गभर्नर अधिकारीले भने-कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं
काममा फर्किएका गभर्नर अधिकारीले भने-कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं
नेपाली महिला फुटबल टोलीलाई बिदाइ साथै सफलताको शुभकामना
नेपाली महिला फुटबल टोलीलाई बिदाइ साथै सफलताको शुभकामना
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
जाजरकोट बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा