मतदान सकियो, कीर्तिपुर र मोरङको ग्रामथान गाउँपालिकामा आजै मतगणना सुरु हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०८१
|
|
२१ पटक हेरिएको
Shares
मतदान सकियो, कीर्तिपुर र मोरङको ग्रामथान गाउँपालिकामा आजै मतगणना सुरु हुने

सारांश

  • काठमाडाैं।
  • स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
  • नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भएको हो।

काठमाडाैं। स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भएको हो।

स्थानीय तह अन्तर्गत भएको उपनिर्वाचनमा दुई लाख २६ हजार सात सय ९९ जना मतदाता रहेका छन्। विहान ७ बजेदेखि अहिले ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको हो।

यस उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिका र मोरङको ग्रामथान गाउँपालिकामा मतपेटिका संकलन पछि आजै रातिदेखि मतगणना गर्ने तयारी गरिएको छ।

अन्य जिल्लामा पनि मतपेटिका सम्वन्धीत मतगणनास्थलमा संकलन गरिएपछि सर्वदलीय सहमतिपछि गणना शुरु गरिने तयारी गरिएको छ। स्थानीय तहको रिक्त ४४ पदमध्ये ३ जना निर्विरोध भएपछि आज ४१ पदका लागि निर्वाचन भएको हो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?