चीनबाट फर्केपछि एकाएक फेरियो ओलीको बोली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २०, २०८१
|
|
३८ पटक हेरिएको
Shares
चीनबाट फर्केपछि एकाएक फेरियो ओलीको बोली

सारांश

  • काठमाडौं।
  • आगामी २०८४ को निर्वाचनमा बहुमत ल्याएर एकलौटी सरकार बनाउने लक्ष्यसहित अगाडि बढेको नेकपा (एमाले) पछिल्लो समय निरीह देखिएको छ।
  • नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि एमाले मिसन २०८४ को यात्रामा अगाडि बढेको र एक्लै बहुमतको सरकार बनाउने बताएका थिए।

काठमाडौं। आगामी २०८४ को निर्वाचनमा बहुमत ल्याएर एकलौटी सरकार बनाउने लक्ष्यसहित अगाडि बढेको नेकपा (एमाले) पछिल्लो समय निरीह देखिएको छ। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि एमाले मिसन २०८४ को यात्रामा अगाडि बढेको र एक्लै बहुमतको सरकार बनाउने बताएका थिए।

‘०८४ मा एमाले एक्लै चुनाव लडेर बहुमत ल्याउने मिसन हो। कांग्रेससित सत्ता सहकार्य गरे पनि निर्वाचनमा आ-आफ्नो नीति लिएर चुनावमा जानेछौं,’ केही समयअघिसम्म प्रधानमन्त्री ओलीले भन्दै आएका थिए।

तर, प्रधानमन्त्री ओली चारदिने चीन भ्रमणबाट फर्किने क्रममा परिस्थिति त्यस्तो रहेन। उनले ०८४ मा एमालेले बहुमत ल्याउन नसक्ने संकेत गरे। वर्तमान सरकार ०८४ सम्मै अगाडि बढ्ने, आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई १८ महिनापछि सत्ता हस्तान्तरण गर्ने र ०८४ को निर्वाचनपछि कुनै दलले बहुमत ल्याए उसैले सरकार बनाउने नभए मिलेर अगाडि बढ्ने उनले सुनाए।

‘हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ। चुनावपछि हामी हरेकले बहुमत ल्याउने कोशिस गरौंला। बहुमत आयो भने बहुमतको सरकार बनाउँला। आएन भने अरु तरिकाहरु होलान्,’ उनले भने।

प्रतिपक्षमा रहँदा निकै आक्रमक देखिने ओली प्रधानमन्त्री बनेसँगै निकै निरीह देखिएका छन्। चीन भ्रमणमा समेत कांग्रेसको दवाबमा उनले स्वविवेकले समझदारीमा हस्ताक्षर गर्न नपाएको चर्चा छ। एमाले सत्तामा गएसँगै भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले समेत ओरालो यात्राको संकेत गरिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ