जीबी र रविलाई जिम्मेवार देखाउँदै पन्छिन खोजे छवि

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ७, २०८१
|
|
२२ पटक हेरिएको
Shares
जीबी र रविलाई जिम्मेवार देखाउँदै पन्छिन खोजे छवि

सारांश

  • काठमाडौं।
  • कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीले गोर्खा मिडियामा आएको रमक र खर्चबारे जिबी राई र रवि लामिछाने जानकार र जिम्मेवार रहेको बयान दिएका छन् ।
  • उनले बयानका क्रममा रमक आएको बारेमा जिबी र खर्चबारेमा रविलाई थाहा रहेको र आफू त्यसमा संलग्न नरहेको बताएका छन् ।

काठमाडौं। कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीले गोर्खा मिडियामा आएको रमक र खर्चबारे जिबी राई र रवि लामिछाने जानकार र जिम्मेवार रहेको बयान दिएका छन् ।

उनले बयानका क्रममा रमक आएको बारेमा जिबी र खर्चबारेमा रविलाई थाहा रहेको र आफू त्यसमा संलग्न नरहेको बताएका छन् । उनले सूर्यदर्शनलगायत कुनै पनि सहकारी संस्थाबाट गोर्खा मिडियाका लागि ऋण लिने भन्ने विषयमा कोही कसैसँग छलफल, परामर्श केही नभएको बताएका छन् ।

‘हामीले यस प्रकारको गैरकानुनी तबरबाट रकम ल्याउनका लागि लिखित वा मौखिक रुपमा निर्णय गर्ने, माइन्यूट गराउने जस्ता कार्य गरेका थिएनौं । बैंकमा जम्मा भएको रकम खर्च गर्ने कार्य प्रायः रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो । निजकै हस्ताक्षरबाट चेक काटिने अवस्था थियो,’– उनले बयानका क्रममा भनेका छन् ।

सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा साढे ५ करोडभन्दा बढी रकम आएको भन्ने कुरा आफूलाई प्रहरीले पक्राउ गरेर ल्याएपछिमात्रै थाहा भएको उनले बयानका क्रममा उल्लेख गरेका छन् ।

गोर्खा मिडियाको बैंक खातामा रकम जुटाउने कार्य जिबी राई र खर्च गर्ने कार्य रवि लामिछानेले गरेको उनले बताएका छन् । छविलालले बयानका क्रममा आफूले गोर्खा मिडियामा कुनैपनि रमक लगानी नगरेको खुलाएका छन् । जिबीले गोर्खा मिडिया खोल्दा ५ करोड लगानी देखाइ आफूलाई साझेदार बनाएको छविको दाबी छ ।

पछि बैंकबाट ऋण लिनुपर्ने परिस्थिति सिर्जना हुँदा गोर्खा मिडियाको चुक्ता पुँजी १२ करोड बनाउनु परेको र सोही समयदेखि जिबीसँग आफ्नो मनमुटाव सुरु भएको छविले बयानको क्रममा ख्लाएको छन् । उनले आफ्नो श्रीमतीको नाममा रहेको घर धितो राखेर ऋण लिन जिबीले प्रस्ताव राखेको र सो प्रस्ताव आफूले नमान्दा तिक्तता सुरु भएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
ललिता निवास प्रकरण : थप एक जना पक्राउ
ललिता निवास प्रकरण : थप एक जना पक्राउ
५२ वटै मतदानस्थल अतिसंवेदनशील-जिल्ला सुरक्षा समिति ।
५२ वटै मतदानस्थल अतिसंवेदनशील-जिल्ला सुरक्षा समिति ।
झापा पुगेर ओलीले भने : नेपालको विकास देखेर विश्व चकित भैसक्यो
झापा पुगेर ओलीले भने : नेपालको विकास देखेर विश्व चकित भैसक्यो
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै
पल शाहको पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह
पल शाहको पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?