तुइन खोलामा फेरि पहिरो, मुग्लिन-नारायणगढ खण्ड दुईतर्फी अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १४, २०८२
|
|
६१ पटक हेरिएको
Shares
तुइन खोलामा फेरि पहिरो, मुग्लिन-नारायणगढ खण्ड दुईतर्फी अवरुद्ध

सारांश

  • काठमाडौं।
  • मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक पुन: पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
  • मंगलबार साँझ ७ बजेतिर फेरि इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिक यसअघि कै स्थानमा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक पुन: पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। मंगलबार साँझ ७ बजेतिर फेरि इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिक यसअघि कै स्थानमा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले अनलाइखबरलाई जानकारी दिए। सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला नजिक पहिलेकै स्थानमा माथिबाट लेदो खसेको छ।

कार्यालयका अनुसार अहिले प्राविधिक टोलीले जेसीबीसहितका मेसिन प्रयोग गरेर पहिरो पन्छाउने कार्यमा लागिसकेका छन्। ठूलो पहिरो नभएकाले केहीबेरमा सडक खुल्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सिंहले बताए।

गत ३ असोजमा पहिरो खस्न सुरु भएको तुइन खोलामा त्यसयता पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशीफल
आजको राशीफल
बृद्धभत्ता ५ हजार पुराउने सरकारको लक्ष्य
बृद्धभत्ता ५ हजार पुराउने सरकारको लक्ष्य
२६ वस्तुमा निर्यात अनुदान, के–केमा छ अनुदान !
२६ वस्तुमा निर्यात अनुदान, के–केमा छ अनुदान !
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
Priyanka Chopra and Nick Jonas are back in the city from their Goa vacation, see pics
Priyanka Chopra and Nick Jonas are back in the city from their Goa vacation, see pics
चलचित्र ‘पण्डित बाजेकाे लाैरी’ बिरूद्ध सर्वोच्च अदालतमा मुद्धा
चलचित्र ‘पण्डित बाजेकाे लाैरी’ बिरूद्ध सर्वोच्च अदालतमा मुद्धा
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
जाने होइन प्रधानमन्त्री ओलीसँग टीका लगाउन ?
जाने होइन प्रधानमन्त्री ओलीसँग टीका लगाउन ?