त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा के छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०८२
|
|
४० पटक हेरिएको
Shares
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा के छ ?

सारांश

  • काठमाडौं।
  • त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन-२०८१ सार्वजनिक भएको छ।
  • गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाउने निर्णय गरेसँगै सो प्रतिवेदन सार्वजनिक भएको हो।

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन-२०८१ सार्वजनिक भएको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाउने निर्णय गरेसँगै सो प्रतिवेदन सार्वजनिक भएको हो।

समितिले तयार पारेको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो। यसअघि उक्त प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको भए पनि सार्वजनिक गरिएको थिएन।

अन्तरिम सरकार गठन भएपछि शिक्षामन्त्री नियुक्त हुनुभएकाे महावीर पुनले प्रतिवेदन चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८१ जेठमा पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। छानविन समितिले करिब २ हजार ४ सय रोपनी त्रिविको जग्गा हिनामिना र अतिक्रमण भएको खुलासा गरेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binance推荐奖金

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?