प्रदीप खड्का र आना शर्मा बने नेपालको सद्भावना दूत: दिल्लीमा चलचित्र प्रवर्द्धनको नयाँ जिम्मेवारी

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, श्रावण ४, २०८३
|
|
५ पटक हेरिएको
Shares
प्रदीप खड्का र आना शर्मा बने नेपालको सद्भावना दूत: दिल्लीमा चलचित्र प्रवर्द्धनको नयाँ जिम्मेवारी

सारांश

  • छिमेकी मुलुक भारतमा नेपाली कला, संस्कृति र सिनेमाको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ दिल्लीस्थित नेपाली दूतावासको विशेष सक्रियतामा ‘सिनेनेपाल कल्चरफेस्ट २०२६’ भव्य रूपमा प्रारम्भ भएको छ ।
  • दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सिनेमामार्फत थप प्रगाढ बनाउन दूतावासले यो नविनतम् प्रयास थालेको हो ।
  • यस ऐतिहासिक उत्सवको अवसरमा नेपाली चलचित्र जगत्का चर्चित अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मालाई नेपाल–भारत चलचित्र तथा सांस्कृतिक प्रवर्द्धनका लागि नेपालको सद्भावना दूत नियुक्त गरिएको छ ।

छिमेकी मुलुक भारतमा नेपाली कला, संस्कृति र सिनेमाको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ दिल्लीस्थित नेपाली दूतावासको विशेष सक्रियतामा ‘सिनेनेपाल कल्चरफेस्ट २०२६’ भव्य रूपमा प्रारम्भ भएको छ । दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सिनेमामार्फत थप प्रगाढ बनाउन दूतावासले यो नविनतम् प्रयास थालेको हो ।

यस ऐतिहासिक उत्सवको अवसरमा नेपाली चलचित्र जगत्का चर्चित अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मालाई नेपाल–भारत चलचित्र तथा सांस्कृतिक प्रवर्द्धनका लागि नेपालको सद्भावना दूत नियुक्त गरिएको छ । दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले जुलाई महिनालाई ‘नेपाली चलचित्र महिना’ का रूपमा मनाउने घोषणा गर्दै कलाकारद्वयलाई जिम्मेवारी सुम्पनुभएको हो ।

सांस्कृतिक कूटनीतिको यो नयाँ आयाम अन्तर्गत महोत्सवमा नेपाली चलचित्र ‘एक्टर: टेक वान’ को विशेष प्रदर्शन समेत गरिएको छ । सोही समारोहमा नेपाली चलचित्रको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत चलचित्र निर्माता मोती कार्कीलाई प्रशंसापत्र सहित विशेष सम्मान प्रदान गरियो ।

भारतीय बजारमा नेपाली चलचित्रको व्यावसायिक सम्भाव्यता खोजी गर्न तथा नेपाली कलाको अन्तर्राष्ट्रिय पहुँच बढाउन यो फेस्टिभलले सेतुको काम गर्ने विश्वास लिइएको छ । कार्यक्रममा इन्डो–नेपाल फिल्म एन्ड कल्चरल फोरमका अध्यक्ष सन्दीप मारवा, ग्लोबल ट्रेडका अध्यक्ष गौरव गुप्ता तथा वरिष्ठ अभिनेत्री विपना थापा लगायतको उपस्थिति थियो ।

नेपाली दूतावासकी मिनिस्टर काउन्सेलर अम्बिका जोशीले सञ्चालन गर्नुभएको उक्त गौरवमय समारोहमा विभिन्न देशका कूटनीतिक प्रतिनिधि, प्रवासी नेपाली र व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो । पत्रकारिताको आचारसंहिता अनुकूल निष्पक्ष र जिम्मेवार रूपमा सम्प्रेषित यस कार्यक्रमले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?