बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, श्रावण ४, २०८३
|
|
३ पटक हेरिएको
Shares
बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

सारांश

  • शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने अभ्यास सुरु भएसँगै सरकारले विद्यमान बिदाहरूको औचित्य र सङ्ख्यामाथि व्यापक पुनरावलोकन गर्ने गृहकार्य थालेको छ ।
  • दुईदिने साप्ताहिक बिदाका कारण सरकारी सेवा प्रवाह र सार्वजनिक कामकाजमा परेको प्रभावलाई मध्यनजर गर्दै बिदा व्यवस्थापनलाई थप चुस्त बनाउन यो कदम चालिएको हो ।
  • यस महत्त्वपूर्ण प्रशासनिक सुधारका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एक उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।

शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने अभ्यास सुरु भएसँगै सरकारले विद्यमान बिदाहरूको औचित्य र सङ्ख्यामाथि व्यापक पुनरावलोकन गर्ने गृहकार्य थालेको छ । दुईदिने साप्ताहिक बिदाका कारण सरकारी सेवा प्रवाह र सार्वजनिक कामकाजमा परेको प्रभावलाई मध्यनजर गर्दै बिदा व्यवस्थापनलाई थप चुस्त बनाउन यो कदम चालिएको हो ।

यस महत्त्वपूर्ण प्रशासनिक सुधारका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एक उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको छ । मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकपश्चात् सार्वजनिक गरिएको उक्त निर्णयले राष्ट्रिय उत्पादकत्व र सेवाग्राहीको हितलाई ध्यानमा राख्दै नयाँ नीति तय गर्न बाटो खोलेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सङ्घीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित यस कार्यदलले सिंहदरबारमा आफ्नो काम सुरु गरिसकेको छ । कार्यदललाई हाल कायम रहेका विभिन्न बिदाहरूको गम्भीर मूल्याङ्कन गरी आगामी १५ दिनभित्र ठोस प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने समयसीमा तोकिएको छ ।

 दुईदिने बिदा कार्यान्वयनपछि सरकारी कार्यालयहरूको प्रभावकारिता घटेको जनगुनासो आइरहेका बेला बिदा परिमार्जन गरी कार्यसम्पादन चुस्त बनाउने उद्देश्य सरकारको रहेको छ ।

कार्यदलले पेस गर्ने वस्तुनिष्ठ प्रतिवेदन र सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सार्वजनिक बिदासम्बन्धी विद्यमान कानुनी व्यवस्थामा आवश्यक परिमार्जन गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?