प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदैं

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदैं

सारांश

  • काठमाडौं ।
  •  भारतको पाँच दिने राजकीय भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेर बहादुर देउवा आज स्वदेश फर्कदैं हुनुहुन्छ ।
  • बेलुका साढे ६ बजेको फ्लाइटबाट प्रधानमन्त्री देउवा दिल्ली हुँदै राती ८ बजे काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको छ ।

काठमाडौं । भारतको पाँच दिने राजकीय भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेर बहादुर देउवा आज स्वदेश फर्कदैं हुनुहुन्छ । बेलुका साढे ६ बजेको फ्लाइटबाट प्रधानमन्त्री देउवा दिल्ली हुँदै राती ८ बजे काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले आज विहारको बोधगया मन्दिरको दर्शन गर्नु हुने कार्यक्रम रहेको छ । विहान साढे ९ बजे बोधगया जाने कार्यक्रम रहेको हाम्रा नयाँ दिल्ली सहकर्मी कमलदेव भट्टराईले जनाएका छन् । उहाँले हिजो भारतको आन्ध्र प्रदेशमा रहेको तिरुपति मन्दिरमा विशेष पुजा गर्नु भएको थियो ।

देउवा तेलङ्गना राज्यको हैदरावादबाट विशेष विमानद्वारा दर्शनका लागि तिरुपति पुग्नु भएको थियो । यस्तै शुक्रबार देउवाले हैदरावादमा सूचना प्रविधिको क्षेत्रमा भएको प्रगतीहरुको अवलोकन गर्नु भएको थियो । तिरुपतिको दर्शन सकेर हिजै भारतको बोधगया आइपुगेका प्रधानमन्त्री देउवासंग विहारका मुख्यमन्त्री नितिश कुमारले भेट गर्नु भएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री कुमारबीच हालै नेपालको तराई र विहारका कतिपय सीमा क्षेत्रमा बाढीका कारण भएको क्षतिका विषयमा छलफल भएको थियो । नेपाल र भारततर्फ बाढीले पुर्‍याएको क्षति तथा बाढी नियन्त्रणका लागि दुबै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीको पत्रकार सम्मेलनको पूर्णपाठ
केपी ओलीको पत्रकार सम्मेलनको पूर्णपाठ
बृहत पोखरा सफाई अभियान फेवाताल किनारमा सम्पन्न
बृहत पोखरा सफाई अभियान फेवाताल किनारमा सम्पन्न
“मतदाता, उम्मेदवार र चुनावमा खटिने सबै कर्मचारीको सुरक्षा गर्ने दायित्व सुरक्षा निकायको हो”-यादव ।
“मतदाता, उम्मेदवार र चुनावमा खटिने सबै कर्मचारीको सुरक्षा गर्ने दायित्व सुरक्षा निकायको हो”-यादव ।
आफताम आलम भन्छन् ‘मेरो गीरफ्तारी राजनीतिक प्रतिशोध हो’
आफताम आलम भन्छन् ‘मेरो गीरफ्तारी राजनीतिक प्रतिशोध हो’
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु
टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु
जेष्ठ नागरिक दिवस : छोराछोरीको कमाईको निश्चित प्रतिशत बाबुआमालाई
सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ
सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ
दाङ र धादिङ मा सवारी दुर्घटनामा मृत्यु
दाङ र धादिङ मा सवारी दुर्घटनामा मृत्यु

तपाईंले छुटाउनुभयो कि?