सवारी दुर्घटना : ८ को मृत्यु , ४ घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सवारी दुर्घटना : ८ को मृत्यु ,  ४ घाइते

सारांश

  • बेलायत ।
  •  बेलायतको मिल्टन किन्सस्थित ‘एम–१’ सडकमा एक मिनी बस र दुई लरी ठोक्किँदा ८ जनाको मृत्यु भएको छ ।
  • मृतकहरू सबै बसका यात्रु रहेका छन् ।

बेलायत । बेलायतको मिल्टन किन्सस्थित ‘एम–१’ सडकमा एक मिनी बस र दुई लरी ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । मृतकहरू सबै बसका यात्रु रहेका छन् । घटनामा घाइते ४ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लरी चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएका छन् ।

उनीहरूमध्ये एकले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । उनीहरूले लापरबाही तरिकाले लरी चलाएको भन्दै सोधपुछ गरिएको छ । थेम्स उपत्यका प्रहरीका अनुसार उनीहरू ३१ र ५३ वर्षका हुन् । दुर्घटना हुने सवारीहरू सबै एकै दिशातर्फ गइरहेका थिए । दुर्घटनापछि केही घण्टा उक्त क्षेत्रको सवारी आवागमन बन्द गरिएको थियो ।

प्रहरीमाथि चक्कु प्रहार
बेलायतको लन्डनस्थित बकिङघम दरबारनजिकै एक युवकले चक्कु प्रहार गरी २ जना प्रहरीलाई घाइते बनाएका छन् । युवकले प्रहरीको गाडी नजिकै कार रोकेर चक्कु प्रहार गर्दा २ प्रहरी घाइते भएका हुन् । घटनामा आतंकारीको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?