चलचित्र ‘लीला’को टेलर नै हिट
सारांश
- काठमाडौं- चलचित्र प्रचार प्रसार गर्ने बलियो माध्यमा भनेको छ अहिले युट्युव च्यानल ।
- प्राय गरी गीत र ट्रिजरको रिलिजिङ नै अहिले युटुयव मार्फत गरिन्छ र दर्शकहरु पनि युट्युवमा खोजी खोजी नयाँ नयाँ चलचित्रका गीत र ट्रिजर हेर्ने गर्छन् ।
- यही शिलसिलालाई पछ्याउदै चलचित्र ‘लीला’ ले पनि आफ्नो गीत र ट्रिजर युट्युव मार्फत रिलिज गरेको छ ।
काठमाडौं- चलचित्र प्रचार प्रसार गर्ने बलियो माध्यमा भनेको छ अहिले युट्युव च्यानल । प्राय गरी गीत र ट्रिजरको रिलिजिङ नै अहिले युटुयव मार्फत गरिन्छ र दर्शकहरु पनि युट्युवमा खोजी खोजी नयाँ नयाँ चलचित्रका गीत र ट्रिजर हेर्ने गर्छन् । यही शिलसिलालाई पछ्याउदै चलचित्र ‘लीला’ ले पनि आफ्नो गीत र ट्रिजर युट्युव मार्फत रिलिज गरेको छ ।
केही दिन अगाडि सार्वजनिक गरिएको चलचित्र ‘लीला’ को ट्रिजर हुर्नेहरुको लर्को लागेको छ । चलचित्रको ट्रिजर तीन दिनमै तीन लाख भन्दा बढीले हेरेका छन ।
चलचित्र रमेश कोइरालाले निर्देशन गरेका हुन् । ट्रेलरबाट चलचित्रको बिषयमा राम्रो प्रतिक्रिया आएको निर्देशक रमेश कोइरालाले बताए ।
पुर्बी नेपालका साथै भारतको सिक्किम दार्जिलिङसम्म छायाँकन गरिएको चलचित्रमा संचिता लुइँटेल, राज कटुवाल, मलिना जोशी, ध्रुब कोइराला लगायत कलाकारको मुख्य भूमिकामा अभिनय रहेको छ ।
सिने दर्पण इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘लिला’को प्रस्तुतकर्ता कृष्णप्रसाद दंगाल हुन् । लक्ष्मण बस्नेत र बिमला घिमिरे (दंगाल)को लगानी रहेको चलचित्रमा बसन्त सापकोटाको संगीत, शिव ढकालको छायांकन र कमल राईको नृत्य र अष्ट महर्जनको द्वन्द्व रहेको छ ।
प्रतिक्रिया