२ सय जना अख्तियारको उच्च निगरानीमा,अकुत सम्पत्ति छानबिनः

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १५, २०७४
|
|
५३ पटक हेरिएको
Shares
२ सय जना अख्तियारको उच्च निगरानीमा,अकुत सम्पत्ति छानबिनः

सारांश

  • १५ भदौ, काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ ।
  • अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ ।

१५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ ।

राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था गरे पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन असफल रहेको भन्दै आलोचना भइरहेका बेला अख्तियारले राष्ट्रसेवकलाई निगरानीमा राखेको हो ।
अख्तियार उच्च स्रोतका अनुसार पूर्वमन्त्री, पूर्वसचिव, सहसचिव, प्रहरी, सार्वजनिक पदाधिकारी, संस्थान प्रमुखसहित सबै क्षेत्रका उच्चपदस्थ निगरानीमा छन् । ‘यतिबेला झन्डै दुई सय व्यक्ति अख्तियारको निगरानीमा छन् । त्यसमध्ये ४० व्यक्तिमाथि गहिरो छानबिन चलिरहेको छ,’ स्रोतले भन्यो, ‘कानुनतः छानबिन गोप्य हुने भएकाले र भाग्न र प्रमाण लोप गर्नसक्ने अवस्थाका कारण पनि नाम सार्वजनिक गर्न मिल्दैन । एक दुई सातामै लक्षण थाहा हुनेछ ।’अख्तियारमा पेस भएको सम्पत्ति विवरण र उजुरीका आधारमा उनीहरूलाई निगरानीमा राखिएको हो । स्रोतका अनुसार दुई सय जना निगरानीमा रहे पनि ४० जनाउपर भने छानबिन तीव्र पारिएको छ । अख्तियारले सार्वजनिक पदधारण गरेका पदाधिकारीले लुकाएको सम्पत्तिको स्रोत, सम्पत्तिको अवस्था, तिनका आफन्त र सम्भावित ठाउँको सुराक पत्ता लगाउन गुप्त ढंगले कर्मचारी परिचालन गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको अर्थमन्त्रीको दावीमा कत्तिको सहमत हुनुहुन्छ ?
जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते
जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
यी हुन् सातवटै प्रदेशमा एमालेका सम्भावित मुख्यमन्त्री
यी हुन् सातवटै प्रदेशमा एमालेका सम्भावित मुख्यमन्त्री
नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन
नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन
अख्तियारलाई समेत मिलाएर भूमाफिया मालामाल !१२ अर्बको सरकारी जग्गा कप्लकै खाने को को ?
अख्तियारलाई समेत मिलाएर भूमाफिया मालामाल !१२ अर्बको सरकारी जग्गा कप्लकै खाने को को ?
अब कुनै पनि कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन निषेध
अब कुनै पनि कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन निषेध
दाहाल भन्छन् : अबको दश वर्ष विकास निर्माणमा लाग्छु
दाहाल भन्छन् : अबको दश वर्ष विकास निर्माणमा लाग्छु
नयाँ मोदी लेखनाथ प्रसारण लाइन निर्माणमा अवरोध
नयाँ मोदी लेखनाथ प्रसारण लाइन निर्माणमा अवरोध