अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी

सारांश

  • काठमाडौं ।
  • माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् ।
  • अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनबाट तामाङ विजयी भएका हुन् ।

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनबाट तामाङ विजयी भएका हुन् ।

संगठनकै इतिहासमा पहिलोपटक भएको निर्वाचनबाट झापा निवासी तामाङले अर्का प्रत्यासी रुकुम निवासी अनिल शर्मालाई हराए ।
उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । उनीहरु खुलातर्फबाट उपाध्यक्ष चुनिएका हुन् । यसैगरी महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् ।

महासचिवमा उत्तम अधिकारी निर्वाचित भए । उनले खेमबहादुर सिंहलाई पछि पार्दै संगठनको शक्तिशाली मानिने महासचिव पद जितेका हुन् । उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन् । आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चुनिएकी थिइन् । कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् ।

खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् । विभिन्न क्लष्टरहरुबाट अखिल क्रान्तिकारीका १६ जना सचिव चुनिएका छन् ।

नयाँ नेतृत्व चयन गरेसँगै यही भदौ ७ गतेदेखि सुरु भएको सम्मेलन सकिएको छ । नयाँ नेतृत्व चयन र सम्मेलनले गरेका निर्णयहरुबारे जानकारी दिन शनिबार बिहान ९ः३० बजे कीर्तिपुरस्थित स्मृति हलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?