राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा

सारांश

  • भीमदत्तनगर, १८ भदौ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताउनुभएको छ ।
  • कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र ) बाहेकका अन्य राष्ट्रवादी शक्तिसित निर्वाचनमा सहकार्य हुने जानकारी दिनुभयो ।

भीमदत्तनगर, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र ) बाहेकका अन्य राष्ट्रवादी शक्तिसित निर्वाचनमा सहकार्य हुने जानकारी दिनुभयो ।

सरकारले सुरुआतमा एउटै मितिमा दुबै निर्वाचनको मिति घोषणा गरे पनि लगत्तै मंसिरमा दुई मितिमा प्रदेश र प्रनितिधिसभाको निर्वाचन घोषणा गरिएकामा शंका व्यक्त गर्दै नेता थापाले भन्नुभयो, “यसले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ ।”

उहाँले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसित माग गर्नुभयो । उहाँले आगामी दिनमा मेची महाकाली जागरण अभियान, सात वटै प्रदेशमा सनातन धर्म सभालगायत कार्यक्रम गर्ने तयारीमा पार्टी जुटेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binod Kumar Kohli

    kam xain yo bakamfuse ko!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?