प्रदेश र केन्द्रको चुनाव घोषणा भएकैबेला ओलीले ल्याए नयाँ प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश र केन्द्रको चुनाव घोषणा भएकैबेला ओलीले ल्याए नयाँ प्रस्ताव

सारांश

  • काठमाडौं, १८ भदौ ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमांकन सच्याउने प्रस्ताव अघि सारेका छन् ।
  • आइतबार चितवनमा प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमार्फत अध्यक्ष ओलीले अहिलको ७ प्रदेशको सीमांकनलाई हेरफेर गर्ने प्रस्ताव सार्वजनिक गरेका हुन् ।

काठमाडौं, १८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमांकन सच्याउने प्रस्ताव अघि सारेका छन् ।

आइतबार चितवनमा प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमार्फत अध्यक्ष ओलीले अहिलको ७ प्रदेशको सीमांकनलाई हेरफेर गर्ने प्रस्ताव सार्वजनिक गरेका हुन् ।

सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले ‘निहित स्वार्थका लागि सीमांकन गरिएकाले’ समय क्रममा त्यसलाई सच्याइने उद्घोष गरे ।

७ प्रदेशको सीमाकंनमै असन्तुष्टि, विवादका कारण राजधानी र नाम तय नभएका बेला एमाले अध्यक्ष ओलीले प्रदेशसभा र प्रतिनिधि सभा चुनावको मिति घोषणा भएलगत्तै सीमाकंन सच्याउने प्रस्ताव अघि सारेका हुन् ।

उनले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्नेमा समेत जोड दिए । भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको भन्दै एमालेले यसको भण्डाफोर गर्ने जानकारी दिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Amar Ghotane

    उखान टुककाको होकि के को प्रस्ताब?

    Comment Author

    Surendra Kunwar

    अाफु सत्तामा रहदा स्थानिय निकायकाे सिमाङ्कनमा गरेकाे कार्य सम्झेर हाेला…….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?