श्री एयरलायन्सको थप अर्को उडान शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
श्री एयरलायन्सको थप अर्को उडान शुरु

सारांश

  • कैलाली ।
  • साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान शुरु गरेको छ ।
  • श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक छवटा उडान हुने भएका छन् ।

कैलाली । साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान शुरु गरेको छ ।

श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक छवटा उडान हुने भएका छन् । आजबाट थपिएको उक्त एयरलायन्सको पहिलो उडान काठमाडौँबाट बिहान ९ः५५ उडेर १०ः५० मा आइपुगेको थियो भने दोस्रो उडान दिउँसो २ः०० बजे हुने धनगढी विमान स्थलका प्रमुख छविसिंह ठकुल्लाले बताए । उनले श्री एयरलायन्सले दशैँका बेला यात्रुको सुबिधाका लागि पनि दैनिक दुई उडान गर्न थालेको जानकारी दिएका छन् ।

यात्रुको चाप बढ्दै गएकाले आजदेखि सो एयरलायन्सले दैनिक दुई उडान गर्न थालेको एयरलायन्सका धनगढी इञ्चार्ज गजेन्द्रबहादुर चन्दले बताए ।

यसअघि धनगढी विमानस्थलबाट नेपाल एयरलायन्सले एक, निजी क्षेत्रको बुद्ध एयरलायन्सले दुई, सौर्य एयरलायन्सले एक र श्री एयरले आज थप एक गरी जम्मा दैनिक छवटा उडान हुने भएका छन् ।

सडक यातायातबाट काठमाडौँसम्मको यात्रा गर्न सास्ती खेपिरहेका यस क्षेत्रका उपभोक्तालाई एकपछि अर्को गर्दै हवाई सेवा थपिन थालेपछि अब भने राहत हुने विश्वास गरिएको छ ।

विमानस्थलमा दुईवटा जहाजका लागि मात्र पार्किङ र नयाँ रिपिटर पावर भए पनि हाल भने दैनिक उडान थपिन थालेपछि आवश्यक पूर्वाधारको अभाव हुने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?