पूर्वराजाले छोरी प्रेरणालाइ दिएको दाईजो सरकारको नाममा आउने…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २१, २०७३
|
|
३२२ पटक हेरिएको
Shares
पूर्वराजाले छोरी प्रेरणालाइ दिएको दाईजो सरकारको नाममा आउने…

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाइ दाईजोका रुपमा दिइएको भनिएको जग्गा नेपाल सरकारको नाममा ल्याउने गरी सर्वोच्च अदालतले फैसला सुनाएको छ ।
  • दाइजोका रुपमा दिइएको भनिएको १५ रोपनी जग्गा प्रेरणाका नाममा हुने भनि सर्वोच्चका तत्कालिन प्रधानन्यायधीश राम प्रसाद शाह र न्यायधीश चोलेन्द्र शमशेर जबराको संयुक्त इजलाशले गरेको फैसला आज उल्टिएको हो ।
  • प्रधानन्यायधीश सुशिला कार्की, न्यायाधीशद्धय दीपक कुमार कार्की र सपना प्रधान मल्लको पुर्ण इजलाशले नेपाल ट्रष्टको जग्गा प्रेरणालाई फिर्ता नहुने फैसला सुनाएको प्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाइ दाईजोका रुपमा दिइएको भनिएको जग्गा नेपाल सरकारको नाममा ल्याउने गरी सर्वोच्च अदालतले फैसला सुनाएको छ । दाइजोका रुपमा दिइएको भनिएको १५ रोपनी जग्गा प्रेरणाका नाममा हुने भनि सर्वोच्चका तत्कालिन प्रधानन्यायधीश राम प्रसाद शाह र न्यायधीश चोलेन्द्र शमशेर जबराको संयुक्त इजलाशले गरेको फैसला आज उल्टिएको हो । प्रधानन्यायधीश सुशिला कार्की, न्यायाधीशद्धय दीपक कुमार कार्की र सपना प्रधान मल्लको पुर्ण इजलाशले नेपाल ट्रष्टको जग्गा प्रेरणालाई फिर्ता नहुने फैसला सुनाएको प्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । अदालतको सो फैसला संगै प्रेरणाले दाइजो स्वरुप पाएको भनिएको जग्गा सरकारको नाममा आउने भएको छ । यसअघिको फैसला विरुद्ध नेपाल ट्रष्टको कार्यालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको तर्फबाट महान्यायधिवक्तको कार्यालयले पुनरावलोकनको माग गरी निवेदन दिएको थियो । गणतन्त्रमा मुलुक गइसकेकापछि नेपाल सरकारले पूर्वराजा वीरेन्द्रको सम्पत्ति सरकारको मातहतमा ल्याएको थियो । आफ्ना बुबा तत्कालीन राजा ज्ञानेन्द्रले दाइजो बकस दिएको जग्गा सरकारी ट्रष्टमा राखिएको भन्दै प्रेरणाले सरकारविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।
श्रोत: कान्तिपुर दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ–मुग्लिन सडक आजदेखि रात्रिकालीन समयमा बन्द
नारायणगढ–मुग्लिन सडक आजदेखि रात्रिकालीन समयमा बन्द
ओलीले पूराना सन्धी कार्यान्वयन गराउन सक्लान त!
ओलीले पूराना सन्धी कार्यान्वयन गराउन सक्लान त!
राति गहिरो निन्द्रा लाग्दैन ? यी चीजहरूले तपाईंलाई मद्दत गर्न सक्छन्
राति गहिरो निन्द्रा लाग्दैन ? यी चीजहरूले तपाईंलाई मद्दत गर्न सक्छन्
सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री
सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री
लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली
लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली
गठ्ठाघर दुर्घटना: छानबिन गर्न प्रहरी र प्रशासनद्वारा अलग-अलग समिति गठन
गठ्ठाघर दुर्घटना: छानबिन गर्न प्रहरी र प्रशासनद्वारा अलग-अलग समिति गठन
डेढ अर्बको बैंक घोटाला राष्ट्र बैंककै मिलेमतो ! गभर्नरको भूमिका हतारो
डेढ अर्बको बैंक घोटाला राष्ट्र बैंककै मिलेमतो ! गभर्नरको भूमिका हतारो
बिमस्टेक : विशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट
बिमस्टेक : विशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?

तपाईंले छुटाउनुभयो कि?