एक महिनादेखि टुकीको भरमा, किसानलाई नोक्सान
सारांश
- पाल्पा, २१ भदौ ।
- रैनादेवी छहरा गाउँपालिकास्थित छहराको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा एक महिनादेखि टुकीको भरमा रात बिताउन बाध्य भएका छन् ।
- विद्युत् ट्रान्सफर्मर चट्याङ लागेर पड्केपछि साउन २८ गतेदेखि १२० घरधुरी अँध्यारोमा रात बिताउन बाध्य भएका हुन् ।
पाल्पा, २१ भदौ । रैनादेवी छहरा गाउँपालिकास्थित छहराको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा एक महिनादेखि टुकीको भरमा रात बिताउन बाध्य भएका छन् ।
विद्युत् ट्रान्सफर्मर चट्याङ लागेर पड्केपछि साउन २८ गतेदेखि १२० घरधुरी अँध्यारोमा रात बिताउन बाध्य भएका हुन् । मोबाइल र लाइट चार्ज गर्नमात्र एक घण्टा पैदल हिँडेर मेहलधाप पुग्नुपर्ने बाध्यता रहेको छ ।
विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रलाई मर्मतका लागि गुहारे पनि ढिलासुस्तीका कारण एक महिनासम्म मर्मत कार्य हुन नसक्दा समस्या बढेको छ । विद्युत् प्राधिकरणले सानातिना काममा समेत ढिलासुस्ती गर्दै आएको उपभोक्ताको गुनासो छ ।
छहराको साल्लेधारा र तीनधार क्षेत्रमा गाईको दूध उत्पादनका लागि पकेट क्षेत्र रहेकोमा विद्युत् आपूर्ति एक महिनादेखि हुन नसक्दा साँझको दूध पूरै नष्ट हुने किसान नारायण पोखरेलले गुनासो गर्नुभयो ।
विद्युत् आपूर्ति हुन नसक्दा फ्रिजमा दूध राख्दा बिग्रिने र एक दिनपछि खान समेत नमिल्ने भएपछि सोही दिन खिर र कुराउनी खान थालेको स्थानीय बासिन्दा टेकराज पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया