हिमालयन र केसिटीसी फाईनलमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
हिमालयन र केसिटीसी फाईनलमा

सारांश

  • नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको टुडिखेलमा संचालन भैरहेको प्रथम गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलबाट हिमालयन र केसिटीसी फाईनलमा प्रबेश गरेको छ ।
  • ओमेगा कलेज र केसिटीसी बीच आज सम्पन्न भएको पहिलो सेमीफाईनल खेलमा ओमेगा कलेज लाई ६६ रनले पराजीत गर्दै केसिटीसी फाईनलमा प्रबेश गरेको छ ।
  • ओमेगा कलेजले टस जितेर फिल्डिङ रोज्दा ब्यटिङ गर्ने निम्तो पाएको केसिटीसीले निर्धारित २० ओभर खेल्दै ९ वीकेटको क्षेतीमा १३१ रन बनाएकोे थियो ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको टुडिखेलमा संचालन भैरहेको प्रथम गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलबाट हिमालयन र केसिटीसी फाईनलमा प्रबेश गरेको छ ।
ओमेगा कलेज र केसिटीसी बीच आज सम्पन्न भएको पहिलो सेमीफाईनल खेलमा ओमेगा कलेज लाई ६६ रनले पराजीत गर्दै केसिटीसी फाईनलमा प्रबेश गरेको छ । ओमेगा कलेजले टस जितेर फिल्डिङ रोज्दा ब्यटिङ गर्ने निम्तो पाएको केसिटीसीले निर्धारित २० ओभर खेल्दै ९ वीकेटको क्षेतीमा १३१ रन बनाएकोे थियो । केसिटीसीका दुर्गेश थापाले ३९ बल खेल्दै ५ चोका को मद्दतले सर्बाधिक ४१ रन बनाउन सफल भएका थिए भने आदिल खानले बिस्पोटक ब्याटिङ गर्दै १९ बलमा एक छक्का र एक चौका को मद्दतले ३९ रन बनाए पछि केसिटीसी बिशाल स्कोर बनाउन सफल भयो । बलिङ तर्फ ओमेगा का सानुबाबु शाह र सुबिन सिंह ठकुरीले समान २÷२ वीकेट लिएका थिए । जवाफी ब्यटिङ मा उत्रेको ओमेगा कलेजले १७.४ ओभरमा अलआउट भई ६६ रनमा समेटिदा ६६ रनले खेल गुमाएको थियो । ओमेगा का कुश मण्डलले मात्र १५ रन बनाए । त्यस्तै बलिङ तर्फ म्यान अफ द म्याच घोषित केसिटीसीका प्रनित थापा ४ ओभरमा ३ मेडन राख्दै ४ रन दिएर ४ वीकेट लिएका थिए । त्यस्तै प्रतिक कान्तले ४ ओभरमा २ मेडन राख्दै ५ रन दिएर २ वीकेट लिएका थिए भने बिपिन आचार्य र शुर्य लामाले समान २÷२ वीकेट लिदा ओमेगा धराशायी बनेको थियो ।

आजै सम्पन्न दोस्रो खेल वाई वाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी लाई ६ वीकेटले पराजीत गर्दै हिमालयन क्रिकेट एकेडेमी फाईनलमा प्रबेश गरेको छ । वाई वाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी ले टस जितेर ब्यटिङ गर्दैे निर्धारित २० ओभर खेल्दै ७ वीकेटको क्षेतीमा ८७ रन बनाएकोे थियो । जिएचसीए का अभिशेक बस्नेतले २४ बल खेल्दै १ छक्का को मद्दतले सर्बाधिक २५ रन बनाउन सफल भएका थिए । बलिङ तर्फ हिमालयन क्रिकेट एकेडेमी का म्यान अफ द म्याच घोषित पबन कार्कीले ३ वीकेट लिएका थिए भने अरुण ऐरीले २ वीकेट लिएका थिए । ८८ रनको झिनो लक्ष्य पछ्रयाउदै जवाफी ब्यटिङ मा उत्रेको हिमालयन क्रिकेट एकेडेमी ले १६.३ ओभरमा ४ वीकेट गुमाउदै ९१ रन बनाएको थियो । दिएर २ वीकेट लिएका थिए भने बिपिन आचार्य र शुर्य लामाले समान २÷२ वीकेट लिदा ओमेगा धराशायी बनेको थियो ।
उक्त प्रतियोगीताको फाईनल भोली सनिबार ११ बजे टुडिखेल मा सुचना तथा सञ्चार राज्य मन्त्री तप्त बहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न हुने प्रतियोगीताका आयुक्त प्रबल गौतमले जनाएका छन । बिजयी टिमले ५०,०००÷ नगद तथा ट्रफी र मेडल एबं दोस्रो हुने टिमले २५,०००÷ नगद तथा ट्रफी र मेडल प्राप्त गर्ने छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं  : प्रधानमन्त्री
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले दिए राजीनामा
WTF Wednesday: How can you not remember Yeh Rishta Kya Kehlata Hai, Hina Khan?
WTF Wednesday: How can you not remember Yeh Rishta Kya Kehlata Hai, Hina Khan?
बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा
बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा
तीन उद्योग बन्द गर्न निर्देशन
तीन उद्योग बन्द गर्न निर्देशन
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्न निर्णयप्रति गगन थापाको आपत्ति
पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्न निर्णयप्रति गगन थापाको आपत्ति
प्रधानमन्त्री ओलीले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
सन्दर्भ इन्द्रजात्रा : जीवित गणेश र भैरव ओझेलमा
सन्दर्भ इन्द्रजात्रा : जीवित गणेश र भैरव ओझेलमा

तपाईंले छुटाउनुभयो कि?